रौतहटबाट निर्वाचित स्वतन्त्र सांसद किरण साह एमालेमा प्रवेश

मंगलबार बिहान एमाले अध्यक्ष केपी शर्मा ओलीले साहलाई पार्टी प्रवेश गराएका छन्।

तस्वीर : किरण साहको फेसबुक

काठमाडौँ– रौतहटबाट निर्वाचित स्वतन्त्र सांसद किरण साह नेकपा एमाले प्रवेश गरेका छन्। मंगलबार बिहान एमाले अध्यक्ष केपी शर्मा ओलीले साहलाई पार्टी प्रवेश गराएका हुन्। 

आफ्नो निवास बालकोमा आएका साहलाई ओलीले खादा र टीका लगाएर स्वागत गरेका थिए। एमालेसँग तीन बुँदे सहमति भएपछि प्रवेश गरेको साहले उकालोलाई बताए।
कांग्रेसका मोहम्मद फिरदोस आलमलाई पराजित गर्दै साह रौतहट–२ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए।