नेपाली मुद्राको भारतीय रुपैयासँग स्थिर विनिमय दर रहेको छ। अमेरिकी डलर बलियो बनेसँगै भारुको मूल्य खस्कँदा त्यसको असर नेपाली मुद्रालाई पर्ने गरेको हो। यसले नेपाली मुद्रालाई थप कमजोर बनाएको छ।
काठमाडौँ- अमेरिकी डलरको मूल्यमा लगातार उकालो लागेको छ। डलरको तुलनामा नेपाली मुद्रा हालसम्मकै कमजोर बनेको छ। विश्व बजारमा अमेरिकी डलर बलियो भएसँगै नेपाली मुद्राको भाउ अवमूल्यन भएको हो।
नेपाली मुद्राको भारतीय रुपैयासँग स्थिर विनिमय दर रहेको छ। अमेरिकी डलर बलियो बनेसँगै भारुको मूल्य खस्कँदा त्यसको असर नेपाली मुद्रालाई पर्ने गरेको हो। यसले नेपाली मुद्रालाई थप कमजोर बनाएको छ।
नेपाल राष्ट्र बैंकले आजका लागि तय गरेको मूल्यअनुसार एक अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ ४६ पैँसा रहेको छ भने बिक्रीदर १३२ रुपैयाँ छ पैसा तय गरिएको छ।
त्यस्तै, युरोको खरिद मूल्य १२७ रुपैयाँ ७७ पैसा र बिक्री मूल्य १२८ रुपैयाँ ३५ पैसा रहेको छ। पछिल्लो समय अमेरिकी डलरको मूल्य लगातार उकालो लाग्दा मुलुकको अर्थतन्त्रमासमेत नकारात्मक असर पर्ने देखिएको छ।
विप्रेषण आय, पर्यटन क्षेत्रको आय तथा निर्यात व्यापारमा भने डलर बलियो बन्दा अर्थतन्त्रमा सकारात्मक असर रहन्छ। तर, नेपालको वैदेशिक व्यापारमा निर्यातका तुलनामा आयात उच्च हुँदा त्यसको भुक्तानी डलरमा हुने र यसले व्यापार घाटा झनै बढ्ने हुन्छ।
जसले शोधनान्तरस्थिति र विदेशि मुद्रा सञ्चितिमासमेत नकारात्मक असर पार्छ। त्यस्तै डलरको भाउ बढ्नेबित्तिकै आयात हुने विदेशी सामानको मूल्य बढ्ने, इन्धनको मूल्य बढ्न सक्ने, नेपालले विदेशी ऋणको सावाँ र ब्याजको परिणाम डलरको भाउ बढेसँगै बढ्ने हुन्छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
