जिल्ला ट्राफिक कार्यालय तनहुँका प्रमुख कृष्णबहादुर चन्दले सडक विस्तारपछि यात्रा सहज भए पनि दुर्घटना बढ्नुको मुख्य कारण सडकका घुम्ती र स्ट्रेट रोडबारे यात्रुहरू जानकार नहुनु रहेको बताए।
तनहुँ– पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–पोखरा सडक विस्तारले यातायात सहज बने पनि दुर्घटनाको संख्या भने बढ्दै गएको छ। जिल्ला ट्राफिक कार्यालय तनहुँले दिएको जानकारीअनुसार आर्थिक वर्ष २०८१/८२ मा सडक दुर्घटनामा परी ६२ जनाको मृत्यु भएको छ।
जिल्ला ट्राफिक कार्यालय तनहुँका प्रमुख कृष्णबहादुर चन्दले ९० वटा साना तथा ठूला सवारीसाधन दुर्घटनामा परेको जानकारी दिए। मृत्यु हुनेमा ३५ जना पुरुष, २२ जना महिला, २ जना बालक र ३ जना बालिका रहेका छन्। यी दुर्घटनाहरूमा ७६ जना गम्भीर घाइते भएका छन् भने ४३ जना सामान्य घाइते भएका छन्।
ट्राफिक प्रमुख चन्दले एउटा ठूलो बस दुर्घटनाका कारण मृत्युदरको तथ्यांक बढेको बताए। “विगतको तुलनामा सामान्य भए पनि मृत्युदरमा आएको यो ह्वात्तैको वृद्धिले प्रश्नहरू उठाउने गरेको छ,” उनले भने।
दुर्घटनामा परेका सवारीसाधनमा सात वटा ट्रक/ट्यांकर, पाँच वटा टिपर, १६ वटा बस, तीन वटा माइक्रो, १४ वटा जिप/कार, ४ वटा ट्याक्टर र ४१ वटा मोटरसाइकल रहेका छन्।
आर्थिक वर्ष २०८०/८१ मा सवारी दुर्घटनामा ३९ जनाको मृत्यु भएको थियो। यस आर्थिक वर्षमा ५० वटा सवारीसाधन दुर्घटनामा परेका थिए, जसमा ५० जना गम्भीर घाइते र ५१ जना सामान्य घाइते भएका थिए।
आर्थिक वर्ष २०७९/८० मा सवारी दुर्घटनामा ५२ जनाको मृत्यु भएको तथ्यांक छ, जसमा ४९ जना गम्भीर घाइते र १४ जना सामान्य घाइते भएका थिए।
प्रमुख चन्दले सडक विस्तारपछि यात्रा सहज भए पनि दुर्घटना बढ्नुको मुख्य कारण सडकका घुम्ती र स्ट्रेट रोडबारे यात्रुहरू जानकार नहुनु रहेको बताए। “करिब ७२ किलोमिटर दूरीको मुग्लिन–पोखरा सडक खण्डमा अधिक स्थानमा सडक विस्तारपछि सहज बनेको छ, तर घुम्ती पनि उस्तै छन्। ती घुम्ती आउने समय नयाँ यात्रु जानकार हुँदैनन्, त्यसले गर्दा दुर्घटना दर बढ्न सक्ने अनुमान गरेका छौँ,” उनले भने।
सडक सहज बनेपछि यात्रुहरूले सवारी तीव्र गतिमा चलाउने गरेका कारण पनि दुर्घटना बढेको हुन सक्ने अनुमान गरिएको छ। यस सडकमा यात्रा गर्दा सहजतासँगै घुम्तीमा दुर्घटना बढ्न सक्ने भएकाले यात्रु नै सचेत हुनुपर्ने अवस्था भने देखिएको उनी बताउँछन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
