जनकपुरले दिएको १९० रनको लक्ष्य पछ्याएको विराटनगरले निर्धारित २० ओभरमा १४० रन मात्रै जोड्न सक्यो।
काठमाडौँ– जारी नेपाल टी–२० लिगमा जनकपुर रोयल्सले विराटनगर सुपर किङ्सलाई पराजित गरेको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा शनिबार भएको खेलमा जनकपुरले विराटनगरलाई ४९ रनले पराजित गरेको हो।
जनकपुरले दिएको १९० रनको लक्ष्य पछ्याएको विराटनगरले निर्धारित २० ओभरमा १४० रन मात्रै जोड्न सक्यो। विराटनगरका लागि हुसेन टलतले ४२ रन जोडे। उनले २० बलमा ४ चौका र २ छक्का प्रहार गरे।
प्रदीप ऐरी ३६ रनमा अविजित रहे। उनले २६ बलमा २ चौका र ३ छक्का प्रहार गरे। त्यस्तै, गौरान्सु शर्माले ३३ रन, ओपनर कप्तान आन्द्रे मकार्थी १४ रनको योगदान दिए।
जनकपुरका लागि शिनवारीले ३, ललित नारायण राजवंशीले २, मोहमद आदिल अलाम र असन प्रियन्जनले १/१ विकेट लिए।
टस हारेर ब्याटिङको निम्तो पाएको जनकपुरले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १८९ रन बनायो। जनकपुरका लागि समिउल्लाह शिनवारीले सर्वाधिक ७८ रन बनाए। ४० बलको सामना गरेका उनले समान ६ चौका र छक्का प्रहार गरे।
चादविक वाल्टनले २९, सन्दीप जोराले २० रन बनाए। कप्तान ट्रेभोन ग्रिफ्त १९ रन जोड्दा खडक बोहरा १५ रनमा अविजित रहे। विराटनगरका हुसेन टलत र सूर्य तामाङले २/२ विकेट लिए।
जनकपुरले पाँच खेलमा चार जित निकाल्दै ८ अंक जोडेको छ। जनकपुर अंक तालिकामा दोस्रो स्थानमा छ। त्यस्तै, चार खेल खेलको विराटनगरले दुईमा जित र दुईमा पराजय बेहोरेको छ। विराटनगर ४ अंकसहित अंक तालिकामा चौथो स्थानमा छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
