परम्परागत संस्कृति र मौलिकतालाई नयाँ पुस्ताका साथै पर्यटकहरू माझ परिचित गराउन पोखरामा विभिन्न लोपोन्मुख सामग्रीको प्रदर्शनी थालिएको छ।
पोखरा- परम्परागत संस्कृति र मौलिकतालाई नयाँ पुस्तासँग परिचित गराउन पोखरामा विभिन्न मौलिक सामग्रीको प्रदर्शन गरिएको छ।
पोखराको लेकसाइड रेस्टुरेन्ट एन्ड बार एसोसिएसन (रेवान) ले गरेको प्रदर्शनीमा पोखराको रहनसहन संस्कृति, पर्यटकीय गन्तव्य र खाना संस्कृति झल्काउने सामग्रीहरू राखिएका छन्।
महोत्सवको यो २४औँ संस्करण हो। रेवानले हरेक वर्ष अंग्रेजी नयाँ वर्षको अवसरमा सडक महोत्सवमार्फत यस्ता सामग्रीको प्रदर्शनी गर्दै आएको छ।
तेइस वर्षअघि ‘सडकमै खाऔँ, सडकमै नाचौँ र सडकमै रमाऔँ’ भन्ने नाराका साथ शुरू भएको यो महोत्सवमा सडकमै नाचगानसँगै खानासँग रमाउन पाइने रेवान पोखराका अध्यक्ष नरेश भट्टराईले बताए।
उनले पोखराको ब्रान्डको रूपमा स्थापित यस महोत्सवलाई व्यापारिक दृष्टिकोणबाट भन्दा पनि पोखराको रहनसहन संस्कृति, पर्यटकीय गन्तव्य र खाना संस्कृतिको विकास र प्रवर्द्धनमा टेवा पुगोस् भन्ने उद्देश्यका साथ निरन्तरता दिँदै आएको बताए। उनले भने, “पोखरा पर्यटकीय शहर हो, यहाँ विश्वभरिका पर्यटक आउँछन्। अंग्रेजी नयाँ वर्षको गन्तव्य बनाउने र यही अवसरमा यहाँको रहनसहन संस्कृतिलाई प्रचारप्रसार गर्ने हाम्रो उद्देश्य हो र यो सफल पनि हुँदै गएको छ।”
उनले महोत्सवमा विभिन्न जातजातिको संस्कृति झल्कने नृत्य, झाँकी प्रदर्शन, भैरव नाच, परम्परागत ढिकीजाँतो, विवाह मण्डप, गुन्द्री बुन्ने, मोही मथ्ने, नेपाली संस्कृति र परम्पराको पहिचान झल्कने सामग्रीलगायत सात प्रदेशका पकवानहरू पनि रहेकाले संस्कार संस्कृति बुझ्न चाहनेहरूका लागि महोत्सव आकर्षणको थलो रहेको बताए।
पोखराका अग्रज पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईले २५ वर्षअगाडि भारतको गोवा जाँदा अंग्रेजी नयाँ वर्षमा विदेशी पर्यटकको घुइँचो देखेपछि लेकसाइडमा पनि सोही प्रकृतिको महोत्सवको परिकल्पना गरेर पोखराको सडकमा यो महोत्सव शुरू भएको थियो।
यो महोत्सवले नेपाली संस्कृतिलाई पश्चिमा संस्कृतिसँग जोडेर एकअर्काको संस्कृति बुझ्नसमेत पुलको काम गरेको उनको भनाइ छ।
रेवानका प्रथम उपाध्यक्ष एवं प्रचारप्रसार संयोजक विश्वराज पौडेलले पर्यटन आर्थिक समृद्धिको आधार भएको जनाउँदै महोत्सवले पर्यटन प्रवर्द्धनमा ठूलो टेवा पुग्ने बताए।
पौडेलले महोत्सवमा मात्र नभई पर्यटन विकासका लागि पोखरा महानगरपालिकाभित्र रहेका विश्व सम्पदा सूचीमा सूचीकृत पर्यटकीय गन्तव्य स्थलहरूलाई संवर्द्धन र संरक्षण गर्दै कल्चर भिलेज (सांस्कृतिक गाउँ) मा पर्यटकले अवलोकन गरी विभिन्न जातजातिको संस्कृति अध्ययन गर्ने स्थलका रूपमा विकास गर्न सकेमा पोखरा पर्यटकका लागि उत्कृष्ट गन्तव्यका रूपमा विकास गर्न सकिने बताए।
लेकसाइडको फिस्टेल गेटदेखि डिहिकोपाटनसम्मको करिब तीन किलोमिटर खुल्ला सडकमा सञ्चालित महोत्सव पुस १७ गतेसम्म चल्नेछ।
सडकमै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाका परिकार, विभिन्न मनोरञ्जनात्मक कार्यक्रम, पर्यटन, खेलकुद, हस्तकला प्रदर्शनी, बालउद्यान, साहसिक पर्यटक खेलकुद वृत्तचित्र प्रदर्शनी, लोकदोहोरी, लाइभ कन्सर्टलगायत कार्यक्रम रहेका छन्।
यसैगरी पोखरा घुम्न आउने पर्यटकलाई अङ्ग्रेजी नयाँ वर्ष र महोत्सवको अवसरमा होटललगायतका पर्यटकीय गतिविधिमा विशेष सहुलियत प्याकेजहरू रहेको महासचिव विकास भट्टराईले जानकारी दिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
