छिमेकी देश भारतमा दैनिक रूपमा कोरोना संक्रमित बढ्दै गएपछि वीरगन्ज नाकामा उच्च सतर्कता अपनाउन थालिएको छ।
पर्सा– भारतमा पछिल्लो पटक कोरोना भाइरसको संक्रमण देखापरेपछि सोको रोकथामका लागि वीरगन्ज नाकामा उच्च सतर्कता अपनाउन थालिएको छ। भारतमा कोभिड संक्रमित दैनिक बढिरहेकाले त्यहाँबाट वीरगन्ज प्रवेश गर्ने यात्रुलाई अनिवार्य जाँच गरेर मात्रै भित्र्याउन थालिएको हो।
कोरोना भाइरसको संक्रमण छिमेकी देशमा फैलिरहेको र त्यसलाई नेपाल भित्रिन नदिन उच्च सतर्कता अपनाउनुपर्ने देखिएकाले मुख्य नाकामा रहेको हेल्थ डेस्कको सेवा प्रवाह थालिएको छ।
हेल्थ डेस्कमा आवश्यक स्वास्थ्य उपकरण, मास्क, स्यानिटाइजर लगायतका सामग्रीको कुनै कमी हुन नदिने गरी चुस्त राख्न वीरगन्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहले स्वास्थ्यकर्मीलाई निर्देशनसमेत दिए।
कोभिड संक्रमण फैलन नदिन सबैले सतर्कता अपनाउनुपर्ने देखिएकाले महानगरले आवश्यक आन्तरिक तयारी गर्न प्रवेशद्वारमा रहेको हेल्थ डेस्कको अनुगमन गरिएको महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले बताए।
अहिले दैनिक एक जनाको एन्टिजेन परीक्षण हुनाका साथै दुई सय जनाको स्क्रिनिङ गर्ने काम गरिरहेको हेल्थ डेस्कका चिकित्सक डा. अनिसा साहले जानकारी दिइन्। नेपालीको तापक्रम स्क्रिनिङ गर्ने गरिएको र विदेशीलाई भने एन्टिजेन नै परीक्षण गरेर पठाउने गरिएको हेल्थ डा. साहले बताइन्।
हेल्थ डेस्कमा अहिले बिहान र बेलुकाको समयमा एन्टिजेन परीक्षण र शरीरको तापक्रम जाँच गर्ने गरिएको छ। हेल्थ डेस्कको सरसफाइ र मर्मत सम्भार गर्नुपर्ने कामलाई अघि बढाउन पनि कर्मचारीलाई निर्देशन दिएको प्रमुख प्रशासकीय अधिकृत पौडेलले बताए।
महानगरपालिकाले अव्यवस्थित तार व्यवस्थापन गर्दै
यहाँको घण्टाघर क्षेत्रमा अव्यवस्थित रूपमा रहेको तार वीरगन्ज महानगरपालिकाले व्यवस्थापन गरेको छ। नगरभित्र रहेका अव्यवस्थित तार व्यवस्थापन गर्ने अभियानअनुरूप महानगरले विद्युत् तथा टेलिकमका खम्बामा गुजुल्टाएर राखिएका तार हटाएको हो।
महानगरमा सेवा प्रवाह गर्दै आएका इन्टरनेट तथा केबल टिभीका प्रतिनिधिसहितको टोलीले घण्टाघर चोकदेखि जिल्ला प्रहरी कार्यालय अगाडिसम्मका खम्बामा रहेका अव्यवस्थित तार हटाएको छ। जथाभाबी टाँगिएका तारका कारण नगरको सौन्दर्य बिग्रिर्नाका साथै दुर्घटनाको जोखिमसमेत देखिएकाले व्यवस्थित गर्न महानगरले सेवा प्रदायकको सहमतिमै व्यवस्थापन गर्न थालेको हो।
यसअघि टोलीले आदर्शनगर क्षेत्रका खम्बामा टाँगिएका तार काटेर हटाएको थियो। महानगरका प्रमुख राजेशमान सिंहले नगर क्षेत्रका अव्यवस्थित तार हटाउन निर्देशन दिएसँगै तार व्यवस्थापन गर्ने अभियानले गति लिएको छ।
इन्टरनेट सेवा प्रदायक संस्थाका प्रतिनिधिको उपस्थितिमा नै तार काटेर हटाइएको महानगरका सूचना प्राविधिक शाखाका बृजेश प्रधानले जानकारी दिए। महानगरले अहिले अभियान चलाएर तार व्यवस्थित गर्ने काम गरिरहेको र आउँदा दिनमा तार लगाउँदा तोकिएको व्यवस्थाअनुसार मात्रै लगाउन सूचना जारी गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
