बालुवाटारमा प्रधानमन्त्री दाहाल र ओलीबिच भेटवार्ता, मन्त्रीमण्डल विस्तारबारे छलफल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबिच बालुवाटारमा भेटवार्ता भइरहेको छ।

तस्वीर : प्रधानमन्त्रीको सचिवालय

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ।

प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटारमा वार्ता जारी रहेको सचिवालयले जनाएको छ। दुई नेताबिच मन्त्रीमण्डल विस्तार र समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको छ।

बिहीबार पनि सत्ता गठबन्धनको बैठकमा सहभागी हुन ओली बालुवाटार पुगेका थिए। गठबन्धनको बैठकले ओलीको संयोजकत्वमा उच्चस्तरीय संयन्त्र बनाएको छ।