धान रोपाइँको समग्र क्षेत्रफलमा २ प्रतिशतले कमी आए पनि उत्पादन ६.९४ प्रतिशतले बढेको मन्त्रालयले जनाएको छ।
काठमाडौँ– कृषि तथा पशुपक्षी विकास मन्त्रालयले नेपालमा ५४ लाख ८६ हजार ४७२ टन धान उत्पादन भएको जनाएको छ।
यो अघिल्लो वर्षको तुलनामा ६.९४ प्रतिशत अर्थात् ३ लाख ५५ हजार ८४७ टन बढी हो। मन्त्रालयको पुस १४ को सचिवस्तरको निर्णयबाट वर्षे सिजनको धान उत्पादन, रोपाइँको क्षेत्रफल र उत्पादकत्वको विवरण सार्वजनिक गरेको हो।
गत वर्ष वर्ष धान उत्पादन ५१ लाख ५१ हजार मेट्रिक टनमा सीमित भएको थियो भने आर्थिक वर्ष २०७७/७८ मा ५६ लाख २१ हजार मेट्रिक टन धान फलेको थियो।
धानबाली गरिने खेतको क्षेत्रफल भने अघिल्लो वर्षको तुलनामा यसपालि २ प्रतिशतले घटेको छ। आर्थिक वर्ष २०७९/०८० देशभरको चैते र वर्षे सिजन गरी १४ लाख ४७ हजार ७८९ हेक्टर क्षेत्रफलमा धान रोपाइँ गरिएको थियो। मन्त्रालयले ३.७९ टन प्रतिहेक्टर धान उत्पादकत्व रहेको प्रारम्भिक अनुमान गरेको छ।
गत आर्थिक वर्षको तुलनामा यस वर्षमा धान रोपाइँको समग्र क्षेत्रफलमा २ प्रतिशतले कमी आए पनि उत्पादन ६.९४ प्रतिशतले बढेको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार धानको उत्पादकत्वमा पनि ९.१२ प्रतिशतले वृद्धि भएको छ।
गत वर्षको तुलनामा सुदूरपश्चिम प्रदेशमा करिब ३३.३३ प्रतिशतले धान उत्पादन बढेको प्रारम्भिक अनुमान मन्त्रालयको छ। पोहोर बेमौसमको वर्षाका कारण सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुरमा उत्पादनमा कमी आएको थियो। यो वर्ष मौसम सामान्य हुँदा गत वर्षको तुलनामा उत्पादनमा सुधार देखिएको हो।
लुम्बिनीमा १५.२ प्रतिशत, प्रदेश १ मा ५.७२ प्रतिशत, कर्णालीमा ३.४६ प्रतिशत र मधेश प्रदेशमा ०.१८ प्रतिशत उत्पादन वृद्धि भएको छ। बागमतीमा १.४५ प्रतिशत र गण्डकी प्रदेशमा गत वर्षको तुलनामा ३.७४ प्रतिशत धान उत्पादन कमी आएको छ।
मन्त्रालयका अनुसार गत वर्ष बेमौसमी वर्षका कारण लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक लाखभन्दा बढी हेक्टर क्षेत्रको धानबालीमा क्षति भएको थियो। जसका कारण ८.७४ प्रतिशतले धान उत्पादन घटेको थियो। यो वर्ष मौसम औसत रहेको र अन्य कारणले धान उत्पादनमा सामान्य वृद्धि भएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सन्जेलका अनुसार नेपालको कुल गार्हस्थ्य उत्पादनमा धानको योगदान करिब ४ प्रतिशत र कृषि क्षेत्रको गार्हस्थ्य उत्पादनमा धानको योगदान १३ प्रतिशत छ।
भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको साउनदेखि मंसिरसम्म ५ अर्ब ३६ करोड ४७ लाख ३२ हजार रुपैयाँबराबरको धान र ७ अर्ब ७७ लाख ७० हजारको रुपैयाँबराबरको चामल आयात गरेको छ। आयात भएको धान/चामलमध्ये बासमतीको हिस्सा अधिक छ। २८ करोड २६ लाख ३४ हजार रुपैयाँबराबरको कनिका पनि आयात भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
