फार वेस्ट युनाइटेडमाथि ८ विकेटको जितसँगै ४ खेलमा ६ अंक जोडेको जनकपुर तालिकाको दोस्रो स्थानमा उक्लिएको छ।
काठमाडौँ– सन्दीप जोरा र चाडविक वाल्टनले १५१ रनको शतकीय साझेदारी गरेसँगै जनकपुर रोयल्सले नेपाल टी-२० लिगमा सानदार जित निकालेको छ। बिहीबार सम्पन्न दिनको दोस्रो खेलमा जनकपुरले फार वेस्ट युनाइटेडमाथि ८ विकेटको जित निकालेको हो।
फार वेस्टले दिएको १६९ रनको लक्ष्य पछ्याएको जनकपुरले १८.२ ओभरमा २ विकेट गुमाउँदै १७१ रन बनायो। जनकपुरका लागि सन्दीपले अविजित रहँदै सर्वाधिक ७७ रन बनाए। उनले ५४ बलमा ३ चौका र ५ छक्का प्रहार गरे।
तेस्रो नम्बरमा ब्याटिङ गरेका वाल्टनले ४० बलमा २ चौका र ५ छक्का प्रहार गरे। ओपनर पवन सरार्फ १२ र कप्तान ट्रिभोन ग्रिफ्थ ६ रनमा आउट भए।
फार वेस्टका लागस करण केसीले ३.२ ओभर बलिङ गर्दै २५ रन खर्चिएर २ विकेट लिए।
त्यसअघि पहिला ब्याटिङ थालेको फार वेस्टले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६९ रन बनाएको थियो। फार वेस्टका लागि तल्लोक्रमका करण केसीले अविजित रहँदै सर्वाधिक ४६ रन बनाए। उनले १७ बलमा ३ चौका र ४ छक्का प्रहार गरे। मध्यक्रमका भीम सार्कीले अविजित रहँदै ३० बलमा १ चौका र २ छक्कासहित ३६ रन बनाए।
ओपनर देव खनालले २२ कप्तान हशमतुल्लाह शाहिदीले १९ हरिशंकर शाहले १३ विनोद भण्डारीले १२ र हासिम अन्सारीले ११ रन बनाए।
जनकपुरका ललित राजवंशीले ४ ओभरमा २५ रन दिँदै २ सर्वाधिक विकेट लिए। सोमपाल कामी र जितेन्द्र मुखियाको नाममा १/१ विकेट रह्यो।
जितसँगै ४ खेलमा ६ अंक जोडेको जनकपुर तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। जनकपुरले ३ जित र १ हार बेहोरेको छ। फार वेस्ट समान खेलमा १ जित र ३ हार निकाल्दै पाँचौँ स्थानमा रहेको छ। फार वेस्टको २ अंक छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
