भारतीय विदेश मन्त्रालयले पुष्पकमल दाहाल नेतृत्वको सरकारसँग मिलेर काम गर्न उत्सुक रहेको बताएको छ।
काठमाडौँ– भारतले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको सरकारसँग मिलेर अगाडि बढ्न उत्सुक रहेको बताएको छ।
बिहीबार भारतीय विदेश मन्त्रालयको पत्रकार सम्मेलनमा प्रवक्ता अरिन्दम बागजीले नेपालको नयाँ सरकारसँग मिलेर काम गर्ने बताएका हुन्। सञ्चारकर्मीले राखेको प्रश्नको जवाफ दिँदै उनले द्विपक्षीय सम्बन्धलाई मजबुत बनाउँदै नयाँ सरकारसँग मिलेर काम गर्न उत्सुक रहेको बताए।
नेपालमा नयाँ सरकार गठनलाई भारतले कसरी हेरिरहेको छ भन्ने प्रश्नको जवाफ दिँदै उनले भने, "दुवै देशबीच युनिक द्विपक्षीय सम्बन्ध छ। यसलाई बढाउनका लागि नेपालको नयाँ सरकारसँग मिलेर काम गर्ने आशा राख्छौँ। नयाँ सरकारसँग मिलेर काम गर्न भारत उत्सुक छ।"
उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दाहाल प्रधानमन्त्री नियुक्त भएलगत्तै ट्विटरमार्फत बधाई दिएको स्मरण गराए। उनले प्रधानमन्त्री दाहालले पनि मोदीलाई प्रतिक्रिया दिँदै दुवै देशबीच गहिरो सम्बन्ध रहोस् भन्ने चाहेको उल्लेख गरेको बताए।
उनले नेपाल र भारतका जनता-जनताबीच सम्बन्ध रहेको उल्लेख गर्दै दुवै देश मिलेर यसलाई थप मजबुत बनाउनुपर्ने बताए। उनले निर्वाचन अघिको सरकारसँग पनि सहकार्य गरेको स्मरण गराएका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
