कांग्रेस मधेश प्रदेशसभा दलको नेतामा कृष्ण यादव निर्वाचित

नेपाली कांग्रेसको मधेश प्रदेशसभा दलको नेतामा रामसरोज यादवलाई पराजित गर्दै कृष्णप्रसाद यादव निर्वाचित भएका छन्।

काठमाडौँ– नेपाली कांग्रेसको मधेश प्रदेशसभा दलको नेतामा कृष्णप्रसाद यादव निर्वाचित भएका छन्। कांग्रेस प्रदेशसभा दलको नेताका लागि बिहीबार भएको निर्वाचनमा १८ मत प्राप्त गरी निर्वाचित भएका हुन्। उनका प्रतिस्पर्धी रामसरोज यादवले ४ मत प्राप्त गरे।

कांग्रेस मधेश प्रदेशका सभापतिसमेत रहेका कृष्ण यादव रौतहट निर्वाचन क्षेत्र नम्बर २ (१) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् भने रामसरोज धनुषा निर्वाचन क्षेत्र नम्बर ३ (१) बाट प्रदेश सांसदमा निर्वाचित भएका हुन्।

कांग्रेसले मधेश प्रदेशसभा दलको नेता चयन गर्नका लागि चन्द्रशेखर यादव संयोजकको निर्वाचन समिति बनाएको थियो। गत मंसिर ४ गतेको निर्वाचनबाट मधेश प्रदेशमा २२ सांसद जितेको कांग्रेस दोस्रो स्थानमा छ।