रुसले युक्रेनमाथि एकैदिन १२० क्षेप्यास्त्र प्रहार गरेको छ। तीव्र हमलाका कारण युक्रेनी जनमानसमा त्रास बढेको छ भने केही स्थानमा जनधनको क्षति पुगेको छ।
रुसले बिहीबार युक्रेनमाथि १२० वटा क्षेप्यास्त्र प्रहार गरेको युक्रेनी राष्ट्रपतिका सल्लाहकार मिखाइलो पोदोल्याकले दाबी गरेका छन्।
रुसले युक्रेनी नागरिक र त्यहाँका संरचनालक्षित आक्रमण जारी राखेको पोदोल्याकले बताए। मस्कोले भने सर्वसाधारण लक्षित आक्रमण नगरेको दाबी गरेको छ। तर, केही समयअघि भने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसी सेनाले युक्रेनका संवेदनशील ऊर्जा क्षेत्रमा योजनाबद्ध आक्रमण गराइरहेको स्वीकार गरेका थिए।
बिहीबारको आक्रमणमा एक बालिकासहित कम्तीमा ३ जना गम्भीर घाइते भएको कीभका मेयर भिटाली क्लित्स्कोले बताए। युक्रेनका विभिन्न शहरलक्षित रुसी हवाई तथा सामुद्रिक आक्रमण जारी रहेको उनले बताए।
खार्किभ, ओडेसा, लिभ र जितोमिर शहरमा विस्फोटको आवाज सुनिएको बीबीसीले उल्लेख गरेको छ। कतिपय स्थानमा विस्फोटका लागि कामिकाज ड्रोन प्रयोग भएको भनिएको छ। रुसी र युक्रेनी हवाई सैन्य बलले एकअर्का लक्षित क्रुज क्षेप्यास्त्र प्रहार गरिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।
आक्रमणका कारण ओडेसा र निप्रोपेत्रोभ्स्कमा विद्युत् आपूर्ति ठप्प छ। त्यहाँ रुसले ‘ब्ल्याक सी’ बाट पानीजहाज र हवाई आक्रमण गरिरहेको स्थानीय प्रहरी प्रमुख ओलेक्जान्डर विलकुललाई उद्धृत गर्दै बीबीसीले जनाएको छ।
युक्रेनले बिहीबार बिहानै आक्रमण हुनसक्ने भन्दै सतर्क रहन सबै क्षेत्रका नागरिकलाई सूचित गरिसकेको थियो। राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीका सल्लाहकार ओलेक्सी आरेस्तोभिचले हवाई आक्रमण भइरहेकाले सुरक्षित स्थानमा बस्न नागरिकहरूलाई आग्रह गरेका थिए।
क्षेप्यास्त्र आक्रमणमा कीभका २ वटा घरमा पूर्ण क्षति भएको जानकारी दिँदै सल्लाहकार त्यहाँका मेयर क्लित्स्कोले १६ वटा मिसाइलको प्रतिकार गरी ध्वस्त पारिएको बताए।
यस्तै, ओडेसा क्षेत्रमा मात्रै २१ वटा क्षेप्यास्त्र प्रहार भएको तर मानवीय क्षति भने नभएको बताइएको छ। मस्कोले युक्रेनका संवेदनशील संरचना भत्काउन र युक्रेनी नागरिकलाई मार्न चाहेको सल्लाहकार पोदोल्याकको भनाइ छ।
-एजेन्सी
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
