प्रतितोला ४०० रुपैयाँले बढ्याे सुनको मूल्य

छापावाल सुन मंगलबारका तुलनामा प्रतिताेला ४०० रुपैयाँ बढेर एक लाख एक हजार १०० मा काराेबार भइरहेकाे छ।

काठमाडाैँ– नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख एक हजार १०० रुपैयाँ ताेकिएकाे छ।

मंगलबार प्रतितोला एक लाख ७०० मा कारोबार भएको सुनको मूल्य चार सय रुपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुन प्रतितोला एक लाख ६०० छ। मंगलबार एक लाख २०० थियाे। 

त्यस्तै चाँदीको मूल्य १० रुपैयाँले बढेर प्रतितोला एक हजार ४०० पुगेकाे महास‌ंघले जनाएकाे छ। महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने कारोबार मूल्यका आधारमा दैनिक सुन तथा चाँदीको मूल्य तोक्दै आएको छ।