प्राधिकरणले देशभित्र खपत गरी बढी भएको वर्षायामको विद्युत् इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स)को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्री गर्दै आएको छ।
काठमाडौँ– भारतले थप २ वटा नेपाली जलविद्युत् आयोजनाको विद्युत् निर्यात गर्न अनुमति दिएको छ। २४.२५ मेगावाटको कावेली बी १ र १९.४ मेगावाटको तल्लो मोदी आयोजनाबाट उत्पादित आयोजनाको विद्युत् निर्यात गर्न भारतले अनुमति दिएको हो।
प्राधिकरणले देशभित्र खपत गरी बढी भएको वर्षायामको विद्युत् गत १९ जेठबाट इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स)को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्री शुरू गरेको थियो। योसँगै विभिन्न १० वटा आयोजनाबाट उत्पादित ४ सय ५२ मेगावाट क्षमताको बिजुली निर्यातको अनुमति पाएको छ।
उत्पादन घटेसँगै यो वर्षका लागि भने नेपालले विद्युत् निर्यात रोकिएको छ। नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले देशभित्रको उत्पादन घट्दा हिउँदयामका करिब चार महिनाको विद्युत् माग धान्न भारतबाट विद्युत् आयात गर्नुपर्ने बाध्यात्मक अवस्था रहेको बताए। चिसो बढ्दा विद्युत् माग बढेको तर नदीहरूमा पानीको बहाव घट्दा नदी प्रवाहमा आधारित जलविद्युत् केन्द्रहरूबाट उत्पादन कम भएसँगै विद्युत् निर्यात बन्द भएको घिसिङले बताए।
वैशाख अन्तिम वा जेठको पहिलो हप्ताबाट फेरि विद्युत् निर्यात शुरू गर्ने प्राधिकरणले जनाएको छ। यो वर्षमा ११ अर्ब १६ करोड ३० लाख रुपैयाँबराबरको एक अर्ब ३५ करोड ७७ लाख ५७ हजार युनिट विद्युत् निर्यात गरेको प्राधिकरणले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
