अभिनेता निश्चल बस्नेतले सरकारले जनतालाई गरिखान सक्ने वातावरण सिर्जना गरे हरेक नागरिक काम गरेर जीवनयापन गर्न सक्षम रहेको बताएका छन्।
काठमाडौँ- अभिनेता निश्चल बस्नेतले देश विकासका लागि सही मान्छे चुन्ने बेला आएको बताएका छन्।
बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अभिनेता बस्नेतले देश निर्माणका लागि आगामी निर्वाचनबाट सही नेतृत्व चयन गर्नुपर्ने बताएका हुन्।
उनले पछिल्लो समय देशमा जनताले अनुभूति गर्नसक्ने कुनै राम्रा काम नभएका गुनासो गरे। अब भने देशको नेतृत्व परिवर्तन गर्नुपर्ने बेला आएको उनको भनाइ छ।
उनले देश विकास गर्ने दृढ इच्छाशक्ति भएमा हरेक मानिसले देशका लागि सही काम गर्न सक्ने तर्क गरे। उनले हरेक नेपालीहरू नेतृत्वलाई खबरदारी गर्नसक्ने स्थितिमा पुग्न जरुरी रहेको उल्लेख गरे।
“जो मान्छेले देश विकासको सम्भावना देखाउँछ, त्यो मान्छेलाई साथ दिएनौँ भने हामीलाई ‘रुल’ गर्ने नालायकहरूले नै हो। हामीले हाम्रो नेतृत्वलाई खबरदारी गर्नसक्ने ‘पोजिसन’मा पुग्न जरुरी छ,” उनले भने।
अभिनेता बस्नेतले निर्वाचनताका हरेक पार्टीले देश विकासको नाममा बाटो निर्माण, पानी, ग्यास, इन्टरनेका सुविधा दिने कुरा गरेको भन्दै यो कुरा सरकारले नागरिकलाई दिनैपर्ने अधिकार भएको बताए। उनले सरकारले जनतालाई गरिखान सक्ने वातावरण सिर्जना गरे हरेक नागरिक काम गरेर जीवनयापन गर्न सक्षम रहेको दाबी गरे।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
