गीत–सङ्गीत राम्राे भएका फिल्मले कमाइ पनि राम्राे गरिरहेका छन्। तर, पछिल्लाे समय निर्माताले गीतमा लगानी कम गर्न थालेकाे सङ्गीतकारहरू बताउँछन्।
काठमाडाैँ– नेपाली फिल्मको सफलताको कारण गीत–सङ्गीत बन्ने गरेको छ।
गीत लोकप्रिय भएका फिल्मलाई घरेलु बक्स अफिसमै दर्शकको राम्रो साथ प्राप्त हुने गरेको पाइन्छ। प्रेम गीत, नाई नभन्नु ल, म यस्तो गीत गाउँछुलगायत फिल्मका सिरिज नै बनिरहेका छन्।
कथावस्तु कमजोर भए पनि यी फिल्म हेर्न हलमा दर्शक उल्लेख्य रूपमा पुगे। प्रचार–प्रसारका प्रमुख भूमिका भए पनि केही समययता भने गीत–सङ्गीतमा उलेख्य लगानी भएको पाइँदैन।
गीत–सङ्गीतमा लगानी कम हुन थालेकाे सङ्गीतकार अर्जुन पोखरेल स्वीकार्छन्। “केही गीतको राम्रो भिडियो बन्ने गरेको छ। यद्यपि यो सङ्ख्या कम छ”, पोखरेल भन्छन्, “फिल्ममा आउने गीत–सङ्गीतमा जति भव्यता भयो त्यति नै प्रचार–प्रसार हुन्छ।
एकलरूपमा एल्बममा आउने गीतले धेरै दर्शक पाउँदैनन्।” आफूले सङ्गीत भरेका फिल्म स्टुपिड मन, प्रेम गीत, ऐश्वर्य, म यस्तो गीत गाउँछु सफल हुनुको कारण गीत नै रहेकाे उनकाे भनाइ छ।
हालै सार्वजनिक भएको फिल्म ‘डिसेम्बर फल्स’मा समावेश ‘फकाउनै जानिन’ गीतको भिडियोमा २०० कलाकार प्रयाेग गरिएकाे छ। चार दिन छायांकन गरिएको गीत राम्राे बनेकाे नृत्य निर्देशक रामजी लामिछानेले बताए।
“काममा धेरै समयपछि स्वतन्त्रता पाइयो। निर्माताहरू गीतलाई राम्रो बनाउन कन्जुस्याइँ पनि गर्छन्”, उनले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
