गुन्डु गाउँका किसानहरू अर्मपर्म गरेर मखमलीको खेती गर्दछन्। नजिकिँदै गरेको चाड तिहारमा विशेष माग हुने भएकाले काठमाडौँलाई लक्षित गर्दै माला उन्ने काम गरिरहेको स्थानीयबासीले बताए।
काठमाडौँ– यतिबेला भक्तपुरको सूर्यविनायक नगरपालिका–७ गुन्डु गाउँ मखमली, सयपत्री र गोदावरीको सुगन्धले मगमगाएको छ।
तिहार आउन अझै १२ दिन बाँकी रहँदा यहाँका किसान, गृहिणीलगायत फूल व्यवसायी फूल टिपेर माला उन्न व्यस्त देखिन्छन्। यस क्षेत्रका खेतबारी, करेसाबारी रङ्गिन फूलले छपक्क छोपेको छ, भने स्थानीयवासीलाई फूल टिप्ने, माला बनाउने चटारोले भ्याइनभ्याइ छ।
किसानले खेतमा धानका साथै नगदेबालीका रूपमा फूलखेती गरेर व्यापार गर्दै आएको स्थानीयहरूको भनाइ छ। यो क्षेत्रका किसानले असार, साउनदेखि नै मखमली फूल टिपेर माला गाँस्न थाल्छन्। साउनयता बिहान फूल टिप्ने र दिउँसो माला उन्ने काममा स्थानीय व्यस्त देखिन्छन्।
किसानहरू एकअर्कामा अर्मपर्म गरेर मखमलीको खेती गर्दछन्। नेपालीको साँस्कृतिक पर्व तिहारमा विशेष माग हुने र नजिकको बजार (काठमाडौँ) लाई लक्षित गर्दै माला उन्ने काम गरिरहेको स्थानीयवासीले बताए।
फूलकै माध्यमबाट गाउँमै राम्रो आयआर्जन भएको स्थानीय नारायणी खत्रीले बताए। उनले गत वर्षको जत्ति नै मखमली फूल लगाएको र अहिले माला उन्ने क्रम धमाधम चलिरहेको बताए।
तिहारको समय भएकाले फूल र माला बेच्नको लागि बजार धाइराख्नु नपर्ने उनको भनाइ छ। घरमा त्यत्तिकै बसिरहनुभन्दा घरमा नै बसेर कुनै काम गर्दा खर्चका लागि पैसा जुट्ने बताए। तिहारको बेलामा आफूले पाँच हजार रुपैयाँसम्म मखमली फूलका माला उन्ने गरेको बताए।
“बजारका लागि हामी जानुपर्दैन घरमा नै लिन आउनुहुन्छ। चार/पाँच हजार माला बन्छ। धेरैजसो अर्मपर्म चल्छ, गाउँघरमा। लगानी त यसमा धेरै गर्नुपर्दैन। एकपटक रोप्नुपर्छ। एक रोपनी बराबर तीन/चार हजार रुपैयाँ लगानी हुन्छ। लगभग डबल फाइदा हुन्छ,” उनले भने।
त्यस्तै, अर्की एक स्थानीयले गाउँघरमा फूल लगाउनका लागि धेरै लगानी पनि नलाग्ने र आम्दानी पनि दोब्बर हुने बताइन्। उनले गाउँघरमा अर्मपर्म गरेर फूल लगाउने काम भइरहेको समेत बताइन्।
एक रोपनी जग्गामा फूल लगाउन चार हजार रुपैयाँसम्मको लगानी लाग्ने उनको भनाइ छ। उनले दशैँ अघिसम्म प्रतिमाला २० रुपैयाँमा बिक्री गरे पनि तिहारको बेलामा भने प्रतिमाला ३० रुपैयाँमा घरबाटै बिक्री गर्न सकिने बताइन्।
तिहारका लागि आवश्यक फूल उत्पादन हुने सो क्षेत्रका किसानका लागि बजारको समस्या भने नभएको स्थानीयको भनाइ छ। विशेषगरी, राजधानीका फूल व्यवसायी घरमै माला किन्न आउने र माला उनेर ठीक पारेपछि प्रतिमाला ३० रुपैयाँसम्म घरबाटै बिक्री हुने भएकाले बजारको समस्या नभएको स्थानीयहरू बताउँछन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
