सोमबार कारोबारमा आएका २५० कम्पनीको ५६ लाख ५३ हजार कित्ता सेयर २ अर्ब ९ करोड ७० लाख रुपैयाँबराबरको किनेबेच भएको छ।
काठमाडौँ– देशमा राजनीतिक परिवर्तनसँगै नयाँ सरकार बन्दा सेयर बजारमा उत्साह छाएको छ। अर्थमन्त्री नयाँ आउने भएसँगै सेयर लगानीकर्तामा उत्साह देखिएको हो।
पछिल्लो समय निरन्तर रूपमा उतारचढाव भइरहेको नेप्से सोमबार ५६.८६ अंक बढेर १९२४.०७ बिन्दुमा पुगेको छ। त्यस्तै, सेन्सेटिभ इन्डेक्स ८.३८ अंकले, फ्लोट इन्डेक्स ४.५४ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ३.९७ अंकले बढेको छ।
सोमबार कारोबारमा आएका २५० कम्पनीको ५६ लाख ५३ हजार कित्ता सेयर २ अर्ब ९ करोड ७० लाख रुपैयाँबराबरको किनेबेच भएको छ। नेप्सेसँगै कारोबार रकममा पनि सुधार भएको छ।
नेप्सेका १३ उपसमूहमध्ये अन्य उपसमूहको परिसूचकबाहेक सबै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये फाइनान्स उपसमूहको परिसूचक ६.५२ प्रतिशत बढेको छ।
त्यसैगरी, जलविद्युत् उपसमूहको परिसूचक ५ प्रतिशतभन्दा बढी बढेको छ भने विकास बैंक र लगानी उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढी बढेको छ। अन्य उपसमूहको परिसूचक भने २.२९ प्रतिशत घटेको छ।
सोमबार आधा दर्जनभन्दा बढी कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। जसमा गोर्खाज फाइनान्स, सिर्जनशील लघुवित्त, रिलायन्स फाइनान्स, धौलागिरी लघुवित्त, खप्तड लघुवित्त, हिमालयन पावर वार्टनर र घलेम्दी हाइड्रोको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।
तर, नेपाल टेलिकमको सेयरमूल्य भने ५.५६ प्रतिशत घटेको छ। सोमबार नेपाल टेलिकमको २० करोडभन्दा बढीको सेयर किनबेच भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
