पुस्तकमा कैलाश मानसरोवरको रोमाञ्चक यात्रा समेटिएको छ। सिलवालका यसअघि ‘कलम’, ‘लेखक दुनियाँ’ र ‘श्रीलंका स्मृति’ पुस्तक प्रकाशित छन्।
काठमाडौँ– अशोक सिलवालको यात्रा कृति ‘अप्प दीपो भवः’ सार्वजनिक भएको छ। तिब्बतको ल्हासास्थित पोताला दरबार परिसरमा लेखक सिलवाल र एसोसिएसन अफ कैलाश टुर अपरेटर्स अफ नेपालका अध्यक्ष विमल नहर्कीले संयुक्त रूपमा पुस्तक सार्वजनिक गरेका हुन्।
पुस्तकमा तिब्बतस्थित कैलाश मानसरोवरको रोमाञ्चक यात्रा समेटिएको छ। यो सिलवालको चौथो पुस्तक हो, जहाँ तिब्बतस्थित कैलाश कोरा गर्दाका अनुभव समेटिएका छन्। लाङटाङका सद्भावना दूत सिलवालका ‘कलम’, ‘लेखक दुनियाँ’ र ‘श्रीलंका स्मृति’ पुस्तक प्रकाशित छन्। सिलवाल पर्यटन प्रशिक्षक, पथप्रदर्शक र पत्रकारसमेत हुन्।
‘अप्प दीपो भवः’ अर्थात् ‘आफ्नो प्रकाश आफै बन, बुद्धको सूत्र वाक्य साभार गर्दै कृतिबारे सिलवालले भन्छन्, ‘‘याे प्रकृति र अध्यात्मतिरकाे यात्रा हाे, आफैतिरको यात्रा हाे।’’
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
