अष्टलक्ष्मी शाक्यको नाम यसअघि पनि राष्ट्रपतिका रूपमा चर्चामा थियो भने ओलीका विश्वासपात्र मानिने सुवास नेम्वाङले राष्ट्रपतिका लागि पहिलेदेखि नै चाहना राख्दै आएका छन्।
काठमाडौँ– नेकपा एमाले, नेकपा माओवादी केन्द्रलगायतका दलहरूबीच प्रधानमन्त्रीमा एमाले–माओवादीले आलोपालो गर्ने, राष्ट्रपति र सभामुख एमालेले लिने सहमति भएसँगै अब राष्ट्रपति को बन्छ भन्ने चासो बढेको छ।
आइतबार बालकोटस्थित एमाले अध्यक्ष ओलीको निवासमा बसेको एमाले, माओवादीसहितका दलहरूको बैठकले सरकारको नेतृत्वमा आलोपालो गर्ने, पहिले माओवादीबाट प्रधानमन्त्री बन्ने सहमति गर्दा राष्ट्रपति र सभामुख एमालेले लिने निर्णय गरेको थियो।
यो सहमतिअनुसार एमालेबाट को राष्ट्रपति बन्लान् भन्ने चर्चा हुनथालेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीको पदावधि आउँदो फागुनमा सकिने हुँदा माघ महिनाभित्र नयाँ राष्ट्रपतिको निर्वाचन गरिसक्नुपर्ने कानून व्यवस्था छ।
आइतबार भएको सहमतिअनुसार एमालेबाट हुने सम्भावित राष्ट्रपतिबारे चर्चा शुरू भएको छ। एमाले नेताहरूका अनुसार राष्ट्रपतिका लागि एमालेभित्र दुई नेताको नाम चर्चामा छ, उपाध्यक्षद्वय सुवासचन्द्र नेम्वाङ र अष्टलक्ष्मी शाक्यको।
नेम्वाङ इलामबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन् भने शाक्यले यसपालि नयाँ पुस्तालाई अवसर दिने भन्दै उम्मेदवार नबन्ने निर्णय गरेकी थिइन्।
अष्टलक्ष्मीको नाम यसअघि पनि राष्ट्रपतिका रूपमा चर्चामा आएको थियो। तर, त्यसबेला एमालेभित्रको समीकरणका कारण भण्डारीले बाजी मारेकी थिइन्।
नेम्वाङ संविधानसभा अध्यक्ष हुन्। एमाले अध्यक्ष ओलीका विश्वासपात्र मानिने नेम्वाङले राष्ट्रपतिका लागि पहिलेदेखि नै चाहना राख्दै आएका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
