सरकार बनाउन ओलीको प्रस्तावपछि राप्रपा आन्तरिक बैठकमा

प्रतिनिधिसभाको दोस्रो ठूलो दल नेकपा एमालेले मिलेर सरकार बनाउन आग्रह गरेपछि राष्ट्रिय प्रजातन्त्र पार्टी आन्तरिक छलफलमा जुटेको छ।

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मिलेर सरकार गठन गर्न आग्रह गरेपछि त्यसबारे निष्कर्ष निकाल्न राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेताहरू  कालिका टावरस्थित नेता विक्रम पाण्डेको घरमा भेला भएका छन्।

यसअघि बिहान बालकोट पुगेका राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनलाई ओलीले मिलेर सरकार बनाउन आग्रह गरेका थिए। लिङ्देन आफ्नो पार्टीमा सल्लाह गरेर मात्रै सरकारमा जाने या नजाने निधो गर्ने भन्दै बालकोटबाट बाहिरिएका थिए। 

“मिलेर सरकार बनाउनु पर्यो भन्ने प्रस्ताव ओलीजीको छ, उहाँको प्रस्तावबारे हामी छलफल गर्दैछौँ”, लिङ्देनले भने।