बीपी अनमोल र दीप सुवेदीले तयार पारेको रिपोर्टले ‘एआईपीएस स्पोर्ट्स मिडिया अवार्ड २०२४’ को ‘बेस्ट इन्भेस्टिगेसन’ विधामा ‘स्पेसल मेन्सन’ प्राप्त गरेको हो।
काठमाडाैँ– उकालो डटकममा प्रकाशित एक खोजमूलक रिपोर्टले ‘एआईपीएस स्पोर्ट्स मिडिया अवार्ड २०२४’ मा 'स्पेसल मेन्सन' प्राप्त गरेको छ।
मोरक्कोको राजधानी राबतमा मंगलबार सम्पन्न मिडिया अवार्डको ‘बेस्ट इन्भेस्टिगेसन’ विधामा पत्रकारद्वय बीपी अनमोल र दीप सुवेदीले तयार पारेको रिपोर्टले ‘स्पेसल मेन्सन’ प्राप्त गरेको हो। उनीहरूले संयुक्त रूपमा लेखेको ‘१६ वर्षदेखि फरार अभियुक्त एन्फाको उपाध्यक्ष, लागूऔषध कारोबारमा तोकिएको थियो ५ वर्ष कैद’ रिपोर्टका लागि 'स्पेसल मेन्सन' दिइएको हो।
एआईपीएस स्पोर्टस् मिडिया अवार्डमा प्रत्येक विधाको शीर्ष ३ को उपाधि दौडमा नपरेको तर राम्रो रिपोर्टहरूलाई 'स्पेसल मेन्सन'मा उल्लेख गरिन्छ।
यसअघि नेपालका खेल पत्रकारहरू गोविन्दराज नेपाल र नमिन ढकालको रिपोर्ट पनि स्पेसल मेन्सनमा परेका थिए। सन् २०२० को हंगेरीमा भएको एआईपीएस स्पोर्टस मिडिया अवार्डमा भने प्रज्वल ओलीको लेखले ‘बेस्ट कोलम’ विधामा अवार्ड जितेको थियो। उनी एआईपीएस अवार्ड जित्ने एशियाको पहिलो पत्रकार पनि बनेका थिए।
एआईपीएस स्पोर्टस मिडिया अवार्ड खेलपत्रकारहरूको विश्व संस्था एआईपीएसले हरेक वर्ष प्रदान गर्ने खेल पत्रकारहरूको सबैभन्दा ठूलो अवार्ड कार्यक्रम हो। यसमा शीर्ष ३ मा पर्ने विधाका विजेताहरूले क्रमश: ८ हजार, ३ हजार र २ हजार अमेरिकी डलर प्राप्त गर्छन्।
विभिन्न १२ विधामा प्रदान गरिने अवार्डका लागि यसवर्ष १३६ देशबाट २०६५ पत्रकारहरूले रिपोर्ट, फोटो, भिडियो, अडियोमा प्रतिस्पर्धा गरेका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
