कांग्रेस नेतृत्वको सरकारमा सहभागी हुन र मधेश सरकार गठनमा सघाउन सीके राउत सहमत भएका छन्।
काठमाडौँ– जनमत पार्टी कांग्रेस नेतृत्वको सरकारमा जान सहमत भएको छ।
शुक्रबार कांग्रेस सांसद अजय चौरसियाको काठमाडौंस्थित निवासमा भएको छलफलमा जनमतका अध्यक्ष सीके राउत सरकारमा जान सहमत भएका हुन्।
“उहाँ शेरबहादुर देउवा नेतृत्वको सरकारमा सामेल हुने र मधेशमा कांग्रेस नेतृत्वमा बन्ने सरकारलाई पनि समर्थन गर्ने विषयमा सकारात्मक हुनुहुन्छ”, चौरासियाले भने, “अरू समसामयिक राजनीतिक विषयमा पनि छलफल भएको छ।”
राउतले प्रदेश सरकारमा समेत सहभागी हुने इच्छा देखाएको उनको भनाइ छ। कांग्रेस संघमा राउतलाई मन्त्री बनाउन सकरात्मक छ। जनमतले यसका लागि मधेशमा मन्त्रीको दाबी नगरी समर्थन मात्र गर्नु पर्नेछ।
तर, राउतले मधेशमा पनि मन्त्री मागेका छन्। “राजनीतिमा अन्तिम समयसम्म मागदाबी भइरहन्छन्। राउतले हामीलाई संघ र प्रदेश दुवैमा सघाउँनुहुन्छ।” चैरासिया कांग्रेस सभापति देउवाको विश्वासपात्र मानिन्छन्।
उनी यसअघि पार्टीभित्र मधेश विभागको संयोजक थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
