वीरगन्ज महानगरले घरेलु मिटर प्रयोग गर्दै आएका १० हजार ९२४ घरधुरीको ३० युनिटसम्मको मासिक न्युनतम शुल्क र ७० वटा सिँचाइ मिटरमा उठ्ने शुल्क भुक्तानी गर्ने योजना लागू गरेको छ।
वीरगन्ज– पर्साको वीरगन्ज महानगरपालिकाले ३० युनिटसम्म विद्युत् खपत गर्ने नगरवासीको महसुल तिरिदिने भएको छ।
महानगरले नेपाल विद्युत् प्राधिकरणको वीरगञ्ज र सिमरा वितरण केन्द्रसँग छुट्टाछुट्टै सम्झौता गरेको हो। पुस १ देखि योजना लागू भएको महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले जानकारी दिए।
नेपाल सरकारले २० युनिटसम्म प्रयोग गर्ने घरेलु प्रयोगकर्तालाई विद्युत् महसुलमा शतप्रतिशत छुट दिने निर्णय गरेको थियो। महानगरले पाधिकरणलाई १० युनिटको प्रतियुनिट छ रुपैयाँ ५० पैसाका दरले ६५ र न्यूनतम शूल्क ५० गरेर प्रतिपरिवार ११५ रुपैयाँका दरले मासिक शुल्क बुझाउने छ।
घरेलु मिटर प्रयोग गर्दै आएका १० हजार ९२४ घरधुरीको ३० युनिटसम्मको मासिक न्युनतम शुल्क तथा इनर्जी शुल्क र कृषि सिँचाइका लागि लिइएको ७० वटा सिँचाइ मिटरमा उठ्ने सम्पूर्ण शुल्क भुक्तानीको दायित्व महानगरले बेहोर्ने निर्णय गरेको थियो। यो योजनाबाट महानगरलाई वार्षिक एक करोड २० लाख ब्ययभार थपिने अनुमान गरिएको छ।
सुविधा प्राप्त गर्न लक्षित ग्राहकले सम्झौता लागू हुनुपूर्वको बक्यौता विद्युत् महसुल भने भुक्तानी गरेको हुनुपर्ने शर्त राखिएको छ। यो योजनाबाट दुवै वितरण केन्द्रमार्फत सेवा लिइरहेका सात हजार आठ सय २२ लाभग्राही र ४३८ वटा कृषि मिटर प्रयोगकर्ता लाभान्वित हुनेछन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
