काठमाडौँ उपत्यकाको सवारी व्यवस्थापन चुस्त बनाउन रात्रिबसले गोँगबुमा मात्र पार्किङ गर्नुपर्ने नियम बनाइएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
काठमाडौँ– रात्रिबस काठमाडौँको गोँगबुस्थित नयाँ बसपार्कमा मात्र पार्किङ गर्न पाइने भएको छ।
ट्राफिक प्रहरीले सरोकारवालासँग छलफल गरी काठमाडौँबाट देशका विभिन्न जिल्लाका लागि छुट्ने रात्रिबसका लागि यस्तो व्यवस्था गरेको हो।काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी राजेन्द्रप्रसाद भट्टले रात्रिबस नयाँ बसपार्कबाट मात्र सञ्चालन गर्नुपर्ने व्यवस्था गरिएको बताए।
“ललितपुरको ग्वार्कोमा फ्लाई ओभर बन्न लागेसँगै रात्रिबस चक्रपथ वरपर सञ्चालन हुँदा सवारी साधनको जाम बढेकाले नयाँ बसपार्कबाट मात्र सञ्चालन गर्नुपर्ने व्यवस्था मिलाएका हौँ”, प्रवक्ता भट्टले भने। यसअघि चाबहिल, गौशाला, कोटेश्वर, कलङ्की, गोँगबु, माछापोखरीलगायतका क्षेत्रमा पार्किङ गरिँदै आएका थिए।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले नागरिकलाई सहज ढङ्गले सेवा दिनुपर्ने बताए। “यसमा यातायात व्यवसायीलाई कुनै आपत्ती छैन, रातको समयमा व्यवस्थित तवरले चढाउने/झार्ने गर्नसके यात्रुलाई समेत सहज हुन्छ”, उनले भने। अध्यक्ष स्वाँरले कार्यालय समयबाहेक चक्रपथ वरपर सहज ढङ्गले चढाउने/झार्ने गरेर बसपार्कभित्र आएर बस्ने वातावरण बनाउनुपर्ने बताए।
ट्राफिक जरिवना रकम ५०० बाट एक हजार ५०० बनाएको भन्दै उनले आपत्ति जनाए। यातायातलाई व्यवस्थित बनाउन अधिकार सम्पन्न यातायात प्राधिकरण गठन गर्नुपर्ने उनको भनाइ छ। २०५६ मा १६१ रोपनी क्षेत्रफलमा सञ्चालनमा ल्याइएको नयाँ बसपार्कमा दुई हजारभन्दा बढी सवारी साधन अटाउँछन्।
उक्त बसपार्कबाट हाल देशभर ६० भन्दा बढी जिल्लामा सवारी साधन आवतजावत हुँदै आएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
