बुधबार नेप्सेसँगै घट्यो कारोबार रकम

बुधबार कारोबारमा आएका २५२ कम्पनीको २४ लाख ४० हजार कित्ता सेयर ८६ करोड ३८ लाख १६ हजार रुपैयाँबराबरको किनबेच भएको छ।

काठमाडौँ– लगातार दुई दिन बढेको नेप्सेमा बुधबार सामान्य अंकले गिरावट आएको छ।

बुधबार नेप्से परिसूचक ५.८९ अंक घटेर १८६७.२२ बिन्दुमा झरेको हो। त्यस्तै, सेन्सेटिभ इन्डेक्स १.३१ अंकले घटेको छ भने फ्लोट इन्डेक्स ०.११ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.४० अंकले घटेको छ।

बुधबार कारोबारमा आएका २५२ कम्पनीको २४ लाख ४० हजार कित्ता सेयर ८६ करोड ३८ लाख १६ हजार रुपैयाँबराबरको किनबेच भएको छ। बुधबार नेप्सेसँगै कारोबार रकम पनि घटेको हो। मंगलबारको कारोबारमा ९३ करोडभन्दा बढीको सेयर किनबेच भएको थियो।

नेप्सेका १३ उपसमूहमध्ये बैंकिङ उपसमूहबाहेक अरू सबै उपसमूहको परिसूचक घटेको छ। जसमा बैंकिङ उपसमूहको परिसूचक ०.२७ प्रतिशत बढेको छ। त्यस्तै, वित्त र अन्य उपसमूहको परिसूचक यस दिन १ प्रतिशतभन्दा बढी घटेको छ।

बुधबार नेप्से परिसूचकमा गिरावट आए पनि दुई कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। जसमा आँधी खोला लघुवित्त वित्तीय संस्था र सिर्जनशील लघुवित्त वित्तीय संस्थाको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

त्यसैगरी, इस्टर्न हाइड्रोपावर र घलेम्दी हाइड्रोको सेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ। बुधबार एनआईसी एशिया बैंकले ११ करोडभन्दा बढीको सेयर किनबेच भएको छ।