पार्टीको भावी सभापतिको उम्मेदवार बन्न पाउँछु भनेर मात्रै मैले गगनजीलाई समर्थन गरेको होइन। मैले त्याग गरेको हो। मेरो त्यागलाई कांग्रेसले बुझ्छ, पार्टीमा उत्साह आउँछ भन्ने लागेको छ।
नेपाली कांग्रेसको संस्थापनइतर समूहबाट गगन थापा संसदीय दलको नेताको उम्मेदवार बनेका छन्। थापाको प्रस्तावकमा डा. शेखर कोइराला तथा समर्थकमा उपसभापति धनराज गुरूङ र महामन्त्री विश्वप्रकाश शर्मा छन्। यो समूहबाट थापा र कोइराला दुवै जना संसदीय दलको नेताको उम्मेदवार बन्ने दौडमा थिए। तर, संसदीय दलको नेताको निर्वाचनका लागि मनोनयत दर्ता शुरू हुनुभन्दा करिब १ घण्टाअघि मात्रै संस्थापनइतरबाट थापालाई साझा उम्मेदवार बनाउने सहमति भएको हो। यही सन्दर्भमा डा. शेखर कोइरालासँग उकालोका लागि दिपा दाहालले गरेको कुराकानी।
कांग्रेस संसदीय दलको नेताको उम्मेदार बन्ने अडानबाट अन्तिममा किन पछि हट्नुभयो?
पार्टी राजनीतिक अनुभव र संघर्षका कारण संसदीय दलको नेता बन्ने मेरो इच्छा थियो। यो मेरो स्वाभाविक दाबेदारी पनि थियो। तर, परिस्थिति कसरी अघि बढ्छ भन्ने विचार गर्न पनि जरूरी थियो। त्यसैअनुसार मैले निर्णय लिने योजनामा थिएँ। निष्कर्षमा मैले गगनजीलाई संसदीय दलको नेताको उम्मेदवारमा प्रस्ताव गरेको हो। जबकि, यो समूहका धेरै साथीहरूले मलाई नै संसदीय दलको नेताका लागि उम्मेदवारी दिन दबाब दिनुभएको थियो। ३२ जना साथीहरू थिए, उहाँहरू सबैसँग पनि मैले छलफल गर्न आवश्यक थियो।

पार्टीको भावी सभापतिको उम्मेदवारमा समर्थन गर्न तयार भएपछि मात्रै तपाईं गगन थापालाई संसदीय दलको नेताको उम्मेदवार बनाउन सहमत हुनुभएको हो?
अहिले हाम्रो सहमति त्यसैअनुसार भएको छ। मैले १४औँ महाधिवेशनमा सभापतिका लागि यही समूहबाट उम्मेदवारी दिएको हो। मलाई नेता मानिसकेको अवस्थामा अब फेरि त्यसैका लागि उहाँहरूले समर्थन गर्नु स्वाभाविक हो।
आफ्नो स्थान सुरक्षित हुने देखिएपछि मात्रै तपाईं गगन थापालाई समर्थन गर्न तयार हुनु भयो। यसलाई त्याग भन्न मिल्ला र?
पार्टीको भावी सभापतिको उम्मेदवार बन्न पाउँछु भनेर मात्रै मैले गगनजीलाई समर्थन गरेको होइन। मैले त्याग गरेको हो। यो मेरो त्यागलाई कांग्रेसले बुझ्छ, गगनजीलाई समर्थन गर्ने निर्णयले कांग्रेसमा उत्साह आउँछ भन्ने लागेको छ। राजनीति गर्ने नेतामा एकताको भावना हुनुपर्छ। नैतिकतालाई पनि बिर्सन मिल्दैन। वास्तवमा मैले एकता र परिवर्तनका लागि त्याग गरेको अनुभव भएको छ। मेरो भावनालाई मेरो समूहका साथीहरूले मात्रै होइन समग्र कांग्रेसले बुझ्छ भन्ने लागेको छ। गगनजीको कुरा गर्ने हो भने उहाँ परिवर्तन र रूपान्तरणलाई आत्मसाथ गरेर अघि बढ्ने नेता हो। परिवर्तन र रूपान्तरणका लागि हामी १४औँ महाधिवेशनमा एकजुट भएका थियौं।

गगन थापा संसदीय दलको नेतामा निर्वाचित हुन सक्नुहुन्छ त?
पार्टी राजनीतिमा सधैँ हिसाब मात्रै हुन्न। नैतिकता र इमान्दारिताको पनि खाँचो हुन्छ। मलाई अपेक्षा छ उहाँ निर्वाचित हुनुहुन्छ। यसपटक कांग्रेसको संसदीय दलको नेताको निर्वाचनले पाकालाई सम्मान गर्ने र नयाँ पुस्तालाई पनि अवसर दिने मौका दिएको हो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
