जीवनको ज्वार, आस्थाको आकाश, वक्र-वर्षा, नियतिका निःश्वास, प्रकृतिको पदचाप, पाइलापछि पाइला र प्रेमको प्रकाश गरी पुस्तकमा सात खण्ड छन्।
काठमाडौँ– दिनेश अधिकारीको कवितासंग्रह ‘पानीको परेड’ लोकार्पण गरिएको छ। अधिकारीका कविता छापिन थालेको ५० वर्षको अवसर पारेर पब्लिकेशन नेपालयले ‘पानीको परेड’ प्रकाशन गरेको हो।
कविता संग्रहभित्र अधिकारीले पछिल्लो १५ वर्षयता लेखेका कवितामध्येबाट ७७ वटा समेटिएको छ। जीवनको ज्वार, आस्थाको आकाश, वक्र-वर्षा, नियतिका निःश्वास, प्रकृतिको पदचाप, पाइलापछि पाइला र प्रेमको प्रकाश गरी पुस्तकमा सात खण्ड छन्।
अधिकारीले आफूभन्दा पछिल्लो पुस्ताका कविहरू मोमिला र नवराज लम्साललाई पानीको परेड पुस्तक उपहार दिएसँगै पुस्तक लोकार्पण गरिएको थियो। यो उनको १७औँ कृति हो।
“२०३२ चैतमा ‘रत्नश्री’मा दुइटा कविता छापिएपछि मेरो काव्यिक परेड शुरू भएको हो,” पुस्तक लोकार्पण कार्यक्रममा अधिकारीले भने, “पुस्तकका रूपमा ‘अन्तरका छिटा’देखि आज ‘पानीको परेड’सम्म आइपुगेको छु।”
कवि सिद्धिचरण श्रेष्ठ, केदारमान व्यथित, भूपी शेरचन, वासु शशीको घरलाई प्रमुख काव्यिक गन्तव्य बनाएको पनि कवि अधिकारीले स्मरण गरे। २०३६ सालमा अभिव्यक्ति स्वतन्त्रता, प्रजातन्त्र र बहुदलीय व्यवस्थाको पक्षमा उभिएर कविहरू मोहन कोइराला, हरिभक्त कटुवाल, भवानी घिमिरेका साथमा आन्दोलनमा होमिएको स्मरण गर्दै अधिकारीले त्यतिबेला आफ्नो जागिर संयोगले जोगिएको बताए।
सो अवसरमा उनले ‘आमा’, ‘अन्तिम तयारी’, ‘बिहे’ र ‘अचानक एक दिन’ शीर्षकका कविता वाचनसमेत गरेका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
