झन्डै चार वर्षपछि अख्तियार पूर्वआयुक्तविरूद्धको भ्रष्टाचार मुद्दामा अन्तिम सुनुवाइ सुरू

काठमाडौं– अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पूर्व आयुक्त राजनारायण पाठकविरूद्धको मुद्दामा विशेष अदालतले अन्तिम सुनुवाइ सुरू गरेको छ। सेवाग्राहीसँग ७८ लाख रूपैयाँ घुस लिएको आरोपमा उनी करिब साढे तीन वर्षदेखि भ्रष्टाचार मुद्दा खेपिरहेका छन्।अख्तियारले विशेष अदालतमा २०७५ चैतमा दायर गरेको मुद्दाको सुनुवाइ भदौ १० शुक्रबारदेखि सुरू भएको हो। विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, न्यायाधीशहरू यमुना भट्टराई र शालिग्राम कोइरालाको इजलासमा सुनुवाइ सुरू भएको छ।शुक्रबार सरकारी कानुन व्यवसायीले बहस सुरू गरेका छन्। उनीहरूको बहस नसकिएकाले मुद्दा हेर्दाहेर्दैमा राखिएको विशेष अदालतले जनाएको छ। ७८ लाख घुस लिएको भिडिओ सार्वजनिक भएपछि उनीविरुद्ध अख्तियारले अनुसन्धान गरेर भ्रष्टाचार मुद्दा दायर गरेको थियो।सुरुमा अख्तियारले अनुसन्धान तामेलीमा राख्ने प्रयास गरेको थियो। तर, घुस लिएको भिडिओ नै सार्वजनिक भएपछि मुद्दामा चासो दिएर अनुसन्धान गरेको थियो। भक्तपुरको चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजको स्वामित्व विवादसम्बन्धी उजुरी मिलाइदिने भन्दै पाठकले कलेजका सञ्चालक लम्बोदरकुमार न्यौपानसँग ७८ लाख घुस लिएका थिए। पाठकले अख्तियारसँगको बयानका क्रममा पनि घुस लिएको स्वीकार गरेका छन्। घुस लिएको प्रमाणित भएपछि आयोगले पाठक र घुस दिने न्यौपानेविरूद्ध समेत मुद्दा दायर गरेको थियो। मुद्दाका लागि तयार अभियोगपत्रमा भ्रष्टाचार निवारण ऐन २०५९ बमोजिम जरिवाना र कैद सजाय माग गरिएको छ। पाठक आयोगको आयुक्तमा बहाल रहेकै बेला भ्रष्टाचारजन्य कसुर गरेको भन्दै थप सजायको समेत मागदाबी गरिएको छ।

काठमाडौं– अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पूर्व आयुक्त राजनारायण पाठकविरूद्धको मुद्दामा विशेष अदालतले अन्तिम सुनुवाइ सुरू गरेको छ। सेवाग्राहीसँग ७८ लाख रूपैयाँ घुस लिएको आरोपमा उनी करिब साढे तीन वर्षदेखि भ्रष्टाचार मुद्दा खेपिरहेका छन्।



अख्तियारले विशेष अदालतमा २०७५ चैतमा दायर गरेको मुद्दाको सुनुवाइ भदौ १० शुक्रबारदेखि सुरू भएको हो। विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, न्यायाधीशहरू यमुना भट्टराई र शालिग्राम कोइरालाको इजलासमा सुनुवाइ सुरू भएको छ।



शुक्रबार सरकारी कानुन व्यवसायीले बहस सुरू गरेका छन्। उनीहरूको बहस नसकिएकाले मुद्दा हेर्दाहेर्दैमा राखिएको विशेष अदालतले जनाएको छ। ७८ लाख घुस लिएको भिडिओ सार्वजनिक भएपछि उनीविरुद्ध अख्तियारले अनुसन्धान गरेर भ्रष्टाचार मुद्दा दायर गरेको थियो।



सुरुमा अख्तियारले अनुसन्धान तामेलीमा राख्ने प्रयास गरेको थियो। तर, घुस लिएको भिडिओ नै सार्वजनिक भएपछि मुद्दामा चासो दिएर अनुसन्धान गरेको थियो। भक्तपुरको चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजको स्वामित्व विवादसम्बन्धी उजुरी मिलाइदिने भन्दै पाठकले कलेजका सञ्चालक लम्बोदरकुमार न्यौपानसँग ७८ लाख घुस लिएका थिए। पाठकले अख्तियारसँगको बयानका क्रममा पनि घुस लिएको स्वीकार गरेका छन्। 



घुस लिएको प्रमाणित भएपछि आयोगले पाठक र घुस दिने न्यौपानेविरूद्ध समेत मुद्दा दायर गरेको थियो। मुद्दाका लागि तयार अभियोगपत्रमा भ्रष्टाचार निवारण ऐन २०५९ बमोजिम जरिवाना र कैद सजाय माग गरिएको छ। पाठक आयोगको आयुक्तमा बहाल रहेकै बेला भ्रष्टाचारजन्य कसुर गरेको भन्दै थप सजायको समेत मागदाबी गरिएको छ।