महोत्सवमा फेवाताल, माछापुच्छ्रे अन्नपूर्ण हिमशृंखलालाई साक्षी राखेर देश–विदेशका २०० भन्दा बढी साहित्यकार, राजनीतिज्ञ, लेखक, कलाकार, सम्पादक, पत्रकारलगायतले विचार मन्थन गर्दैछन्।
पोखरा– पछिल्लो समय पोखरा महोत्सवमय बनिरहेको छ। एकपछि अर्को महोत्सवले चलायमान बनिरहेको पोखरामा फागुन १५ देखि १८ गतेसम्म हुने १२औँ संस्करणको नेपाल साहित्यिक महोत्सवले अर्को रौनकता थप्दै छ। बुकवर्म फाउन्डेसनद्वारा आयोजित महोत्सवमा फेवाताल, माछापुच्छ्रे अन्नपूर्ण हिमशृंखलालाई साक्षी राखेर देश–विदेशका २०० भन्दा बढी साहित्यकार, राजनीतिज्ञ, लेखक, कलाकार, सम्पादक, पत्रकारलगायतले विचार मन्थन गर्दैछन्। महोत्सवमा साहित्यसँग जोडिएका सामाजिक, राजनीतिक, आर्थिक, नवीन प्रविधि, सिनेमालगायत विविध क्षेत्रका विषयमाथि मन्थन हुँदैछ।
पर्यटकीय राजधानी पोखरालाई पर्यटकको उत्कृष्ट गन्तव्य बनाउन फागुन ३ गते मात्र पोखरा महानगरपालिकाले पोखरा भ्रमण वर्ष २०२५ को घोषणा गरेको थियो। करिब २० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ भएको घोषणालाई सार्थक बनाउन पनि पोखराले कुनै न कुनै गतिविधि गरेर पर्यटकलाई भित्र्याउनुपर्ने अवस्थामा यो महोत्सवले पनि पर्यटन प्रवर्द्धनमा थप भूमिका खेल्ने विश्वास व्यवसायीको छ।
पोखरा भ्रमण वर्ष २०२५ कार्यसम्पादन समितिका संयोजक एवं पर्यटन व्यवसायी गोपीबहादुर भट्टराईले नेपाल साहित्यिक महोत्सवको १२औँ संस्करणले पोखरालाई थप पर्यटकमयी बनाउने विश्वास व्यक्त गरे। “यस महोत्सवले साहित्य, संस्कृति र पर्यटनको संयोजनबाट पोखराको पहिचान विश्वभर फैलाउने र स्थानीय अर्थतन्त्रलाई मजबुत पार्न महत्त्वपूर्ण भूमिका खेल्ने छ,” उनले भने, “पोखराको प्राकृतिक सुन्दरता र सांस्कृतिक विरासतलाई पनि विश्वमा चिनाउँदै पर्यटन क्षेत्रलाई ज्ञान र सृजनात्मक यात्रासँग जोडेर थप ऊर्जाशील हुने यो राम्रो अवसर हो।” फेवा किनारमा हुने विचारमन्थनले राजनीति, विभिन्न जात, धर्म, भाषाभाषीको पहिचान र कला संंस्कृतिका बारेमा विषय उठान नयाँ र अग्रज पुस्ताबीचको समन्वयात्मक भूमिका पनि महोत्सवले खेल्ने उनको भनाइ छ।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले पोखरा इभेन्ट नै इभेन्टको शहर भएको जनाउँदै लिटरेचर फेस्टिभलले पोखराको पर्यटनमा महत्त्वपूर्ण भूमिका खेल्ने बताए। “पोखरामा केही न केही गतिविधि भइराख्छ, यसले पोखराको सांस्कृतिक धरोहर र साहित्यिक परम्परालाई विश्वभर चिनाउने मौका दिन्छ, जसले पर्यटकलाई नेपाली साहित्य र संस्कृति बुझ्न आकर्षित गर्छ,” उनले भने।
पोखरा भ्रमण वर्ष २०२५ सफल बनाउन पनि यो एउटा कोशेढुंगा साबित हुने उनले बताए। “पोखरा आउने विदेशी प्रख्यात लेखक, साहित्यकारको पोखराका बारेमा एक–दुई शब्दले पनि पोखराको प्रचारलाई टेवा पुग्छ, सँगै विदेशी साहित्यिक अनुरागीलाई पनि नेपाल घुम्ने बहाना यो महोत्सवले दिलाउने छ,” उनले भने, “योसँगै पोखरामा आउने पर्यटकले होटल, रेस्टुरेन्ट, यातायात र अन्य सेवामा खर्च गर्छन्, जसले स्थानीय व्यवसायलाई फाइदा र अर्थतन्त्र चलायमान हुन्छ।”
पोखरा महानगरपालिका पर्यटन तथा शहरी विकास महाशाखा प्रमुख विमलरञ्जन कार्कीले पोखरा पर्यटन वर्ष घोषणा भइसकेको जनाउँदै अब १२औँ संस्करणले साहित्यिक महोत्सवले पोखरालाई थप गतिशील बनाउने विश्वास व्यक्त गरे। “पोखरा आफैमा चलायमान हो, एकपछि अर्को खेलकुद कला, साहित्यका महोत्सवले यहाँको पर्यटनलाई प्रवर्द्धन गर्ने विश्वास लिएका छौँ,” उनले भने। उनले पोखरालाई केवल प्राकृतिक सौन्दर्यको केन्द्रमात्र नभई, विविध सांस्कृतिक तथा बौद्धिक गतिविधिको प्रमुख थलोका रूपमा स्थापित गर्ने लक्ष्य महानगरको भएको र यस्ता महोत्सवलाई प्रवर्द्धन गरिरहेको जानकारी दिए।
कार्यकारी निर्देशक नीरज भारीका अनुसार यस वर्षको फेस्टिभलमा २०० भन्दा बढी साहित्यकार, कलाकार, पत्रकार र नेताको उपस्थिति रहने छ। फेस्टिभलमा ५० भन्दा बढी सत्र, अन्तरक्रियात्मक कार्यक्रम, सांगीतिक प्रस्तुति र रचनात्मक गतिविधि समावेश गरिने छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
