महानगरले उठायो अनामनगरको निजी जग्गामा पार्किङ गरिएका सवारी

काठमाडौँ महानगरपालिकाले अनामनगरको निजी जग्गामा पार्किङ गरिएका सवारीसाधन उठाउन थालेपछि चालक र स्थानीय विरोधमा उत्रिएका छन्। 

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले निजी जग्गामा पार्किङ गरिएका सवारीसाधन उठाउन थालेको छ।

आइतबार महानगरले अनामनगर क्षेत्रमा निजी जग्गामा राखिएका सवारी उठाएको हो। महानगर प्रहरीले दुईपाङ्ग्रे सवारी उठाएपछि अनामनगर क्षेत्र तनावग्रस्त बनेको छ।

आफूहरूमाथि ज्यादती भएको भन्दै सवारी चालक विरोधमा उत्रिएका छन्। महानगरले हरेक दिन फरक निर्णय गरेर सर्वसाधारणमाथि अत्याचार गरेको स्थानीय राजु श्रेष्ठले बताए।

हप्तादिनअघि महागनरले एक लाइन सवारी राख्न पाउने भनेर गएको तर अहिले आएर उठाएको भन्दै उनले आपत्ति जनाए। महानगरले जे गरेपनि हुने हो ? भन्दै स्थानीयले प्रश्न गरेका छन्।

सिंहदरबार पूर्वीगेटमा सर्वसाधारण, महानगर प्रहरी र ट्राफिक प्रहरीबीच भनभनसमेत भएको छ।