झापाको काँकरभिट्टामा तीन दिनसम्म चल्ने कार्यक्रममा हावा, पानी, जमिन, खाना र जीवनसँग जोडिएका पर्यावरणीय सवालमा छलफल गरिने छ।
काठमाडौँ– पर्यावरणसँग सम्बन्धित विषयमा बिचार विमर्श गर्न यस क्षेत्रमा लामो समयदेखि खोज अनुसन्धान गरेका वैज्ञानिक झापामा हुने कला साहित्य उत्सव–२०८१ मा जुट्ने भएका छन्। कार्यक्रम यही फागुन १४, १५ र १६ गते झापाको काँकरभिट्टामा आयोजना गर्ने तयारी छ। आयोजक रिडर्स झापा, देही आर्ट र परिवर्तन थिएटरले शनिबार सार्वजानिक गरेको विज्ञप्तिमा उक्त कार्यक्रम पर्यावरण विशेष रहने बताएको छ।
कला साहित्य उत्सवकी संयोजक सञ्जु साम्पाङ भन्छिन्, “यो कला साहित्य उत्सव करिब १० महिना अगाडीदेखि रिडर्स झापामा हामीले निरन्तर गर्दै आएको ‘पर्यावरण र सामाजिक आन्दोलन’ शिर्षकअन्तर्गत रिडिङ सेमिनारको मैजारो हो।”
तीन दिनसम्म चल्ने कार्यक्रममा हावा, पानी, जमिन, खाना र जीवनसँग जोडिएका पर्यावरणीय सवालमा छलफल गरिने छ। यस सन्दर्भमा विज्ञप्तिमा भनिएको छ, “अन्तर्क्रियात्मक सत्र र प्रवचनमा मात्र होइन चित्रकलादेखि फोटोसम्म, नाटकदेखि संगीतसम्म सबै प्रस्तुति यिनै विषयमा केन्द्रित हुनेछन्। साथै रैथाने जीवनशैली, ज्ञान, रहनसहन र स्थानीय पर्यावरणीय संकटलाई कलात्मक अभिव्यक्ति दिने प्रयत्न गरिनेछ।”
यस उत्सवमा वैज्ञानिक डा. उत्तमबाबु श्रेष्ठले ‘पर्यावरणीय संकट र नेपाल’ शीर्षकको उद्घाटन मन्तव्य दिनेछन्। भारतको लद्दाख जस्ता हिमालय क्षेत्रको संरक्षणका लागि आन्दोलनरत वैज्ञानिक सोनाम वाङ्चुकसमेत कार्यक्रममा सामेल हुनेछन्। इन्जिनियर र आविष्कारकको रूपमा पनि वाङचुक परिचित छन्। भारतको हिमालय क्षेत्र लद्दाखको वातावरण जोगाउनुपर्ने माग राख्दै केही समय अगाडी उनले २१ दिन लामो भोक हड्ताल गरेका थिए। संवैधानिक सुरक्षाको अभावमा हिमालय क्षेत्रको वातावरण खतरामा परेको वाङचुक र उनका समर्थकहरूको भनाइ थियो।
भारतमा धानका रैथाने प्रजाति कसरी संकटग्रस्त बन्दै ज्ञानमाथि औपनिवेशिक प्रपञ्च रचिँदै छ भनेर चिन्तन गर्ने अर्का वैज्ञानिक डा. देवल देब पनि कला साहित्य उत्सवको वैचारिक अन्तर्क्रियामा सहभागी हुने आयोजकले बताएको छ।
कार्यक्रममा पर्यावरणीय र जलवायु संकटले निम्त्याइरहेका बाढी र पहिरो, वायु र ध्वनि प्रदूषण, महामारीलगायत प्रलयको सामना र संकटबाट बच्ने उपायबारे वैचारिक छलफल गर्न स्वास्थ्य क्षेत्रमा सक्रिय डा. अनुप सुवेदी पनि सहभागी हुनेछन्। खानपान, कृषिकर्म र जीवन शैलीबारे वैचारिक मन्थन गरिरहेका जनस्वास्थ्यविद् डा. अरुणा उप्रेती र कृषिविज्ञ डा. कृष्णप्रसाद पौडेल पनि कार्यक्रममा आउने आयोजकको भनाइ छ।

नगरको मानवीय भूगोलबारे अध्ययन गरिरहेका डा. सबिन निङ्लेखुले कार्यक्रममा नगरका कहरबारे बोल्नेछन्।
पर्यावरण र साहित्यलाई जोडेरसमेत छलफल कार्यक्रम हुने विज्ञप्तिमा उल्लेख छ। “कला–साहित्यमा मान्छेको आधिपत्य हुँदा मान्छे इतरको प्रकृति ओझेलमा परेको छ, मान्छेमध्ये पनि खास समुदाय र लिंगका मान्छेहरूको मात्रै दबदबा हुँदा बहुसंख्यक मान्छेकै अन्यकरण भएको छ। पर्यावरणीय संकट निम्त्याउन यस्ता साहित्यिक र कलात्मक संकथन पनि जिम्मेवार छैनन्?,” विज्ञप्तिमा भनिएको छ, “यो बहसमा सहभागी हुन कथाकार तथा समालोचक डा. अर्चना थापा, फिल्म निर्देशक मीन भाम र संगीतमा सीमान्त आवाज समेट्न डट्नुभएकी झुमा लिम्बू पनि वैचारिक अन्तर्क्रियामा सहभागी हुनुहुनेछ।”
कार्यक्रममा लेखक उज्ज्वल प्रसाईले लेखेको नाटक ‘सन्धिपुर’लाई परिवर्तन थिएटरका कलाकारले मञ्चन गर्दैछन् भने यसको निर्देशन घिमिरे युवराजले गरेका छन्। नाटकले प्रकृति दोहनविरुद्ध समुदायले गरेको संघर्षको कथा भन्छ।
साथै, पर्यावरणका भूराजनीतिक जटिलता, खोला र नदी दोहन तथा सामुदायिक वनसम्मका विषयबारे विज्ञ एवम् अनुभवी भोक्तासँग अन्तर्क्रिया गर्ने तयारी छ।
कोभिड महामारी र त्यसपश्चात् भोग्नु परेको आर्थिक मन्दीका कारण यस कला साहित्य उत्सव ६ वर्षपछि मात्र आयोजना गर्न लागिएको हो। कार्यक्रम सञ्चालन नभए पनि रिडर्स झापाले लामो समयदेखि पर्यावरणलगायत अन्य थुप्रै विषयमा अध्ययन, अनुसन्धान, वैचारिक मन्थन गर्दै आएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
