आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले बालमन्दिर जग्गा प्रकरणको छानबिन प्रारम्भ गरिएको र अनुसन्धान मिसिलको प्रतिलिपि सात दिनभित्र उपलब्ध गराउन पत्राचार गरिएको जानकारी दिए।
काठमाडौँ– राष्ट्रिय मानव अधिकार आयोगले नेपाल बाल संगठनको जग्गा भाडामा लगाउँदा भएको अनियमिततासम्बन्धी अनुसन्धान मिसिलको प्रतिलिपि सात दिनभित्र उपलब्ध गराउन भनेको छ।
उच्च सरकारी वकिल कार्यालय पाटन र जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँलाई निर्णयको प्रतिलिपि तथा केन्द्रीय अनुसन्धान ब्युरोलाई अनुसन्धान मिसिलको प्रतिलिपि सात दिनभित्र उपलब्ध गराउन पत्राचार गरिएको आयोगले जनाएको छ।
आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले उक्त घटनाको स्व–विवेकीय क्षेत्राधिकार प्रयोग गरी छानबिन तथा अनुसन्धान प्रारम्भ गरेको र अनुसन्धान मिसिलको प्रतिलिपि सात दिनभित्र उपलब्ध गराउन पत्राचार गरेको जानकारी दिए।
बाल संगठनका तत्कालीन अध्यक्ष रीता सिंह वैद्यको संलग्नता रहेको तर सत्ता र शक्तिको आडमा निजउपर मुद्दा नचलाउने भनी सरकारी वकिल कार्यालय, काठमाडौँले निर्णय गरेपछि उक्त अनुसन्धान शुरू गरिएको प्रवक्ता डा. पौखरेलले बताए।
यो पनि: बालमन्दिरको थप जग्गा हडप्ने प्रयास, २९ रोपनी जग्गामा मिश्रको ‘कब्जा’
अध्यक्ष रीता सिंह हुँदा नेपाल बाल संगठनले पटकपटक गरी नक्सालस्थित २८ रोपनी ५ आना जग्गा व्यापारिक घराना विशाल ग्रुपको बृहस्पति विद्या सदनलाई गैरकानूनीरुपमा लिजमा दिने निर्णय भएकोबारे उकालोले २०७९ माघ ६ गते खोजमूलक समाचार प्रकाशन गरेको थियो। त्यसपछि पनि उकालोले निरन्तर यस प्रकरणबारे फलोअप समाचार प्रकाशन गरिरहेको छ।
संगठन आफैले पनि अध्ययन गरी गैरकानूनी भएको निष्कर्ष निकाल्दै गत वैशाख १४ गते बृहस्पतिसँगको जग्गा लिज सम्झौता खारेज गरेको थियो। त्यसपछि वैशाख २५ गते संगठनले बृहस्पतिबाट आफू ठगिनु परेको भन्दै त्यसमाथि विस्तृत अनुसन्धान गरी दोषीलाई कारबाहीको मागसहित सीआईबीमा जाहेरी दिएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
