नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको मूल्य प्रतिक्रेट ३६० रुपैयाँ तोकेको छ। लगानी नै नउठ्ने भएपछि बढाउँन बाध्य भएको संघको भनाइ छ।
चितवन– बजारमा अण्डाको मूल्य बढेको छ। नेपाल लेयर्स कुखुरापालक संघले शनिबारदेखि क्रेटको ६० रुपैयाँ बढाएको हो।
प्रतिकेट ३०० मा बिक्री हुँदै आएको अण्डा अब ३६० पुगेको संघले जनाएको छ। बजार मूल्यभन्दा लागत बढी भएपछि बढाइएको संघका अध्यक्ष विनोद पोख्रेलले दाबी गरे। उनका अनुसार अहिलेको लागत मूल्य प्रतिक्रेट (३० वटा अण्डा) ४३५ पर्न आउँछ।
“पाँच वर्षअघि दानाको मूल्य प्रतिकिलो ३० रुपैयाँ हुँदा अण्डा प्रतिक्रेट ३०० थियो। अहिले दाना प्रतिकिलो ६५ रुपैयाँ पुग्दा पनि उस्तै कसरी हुन्छ”, “लगानी नै नउठ्ने भएपछि बढाउन बाध्य भएका हौँ।” औषधिको पनि मूल्य दोब्बर भएको उनले भनाइ छ। नेपालमा अण्डा उत्पादन गर्ने कृषक एवं व्यवसायी संगठित भएर व्यवसाय बचाउन लागिपरेको पोेख्रेलले बताए।
हालै मात्र देशभरका धेरै कुखुरापालक व्यवसायी संगठित भएका हुन्। पोख्रेलले लागत मूल्यसम्म पाउन सके पनि कृषक बच्न सक्ने बताए। नेपालमा दैनिक ४० लाख अण्डा उत्पादन हुँदै आएको छ। अण्डाको महत्व बुझाउन सकेमा माग दोब्बर हुने व्यवसायी बताउँछन्। बिचौलियाको चलखेललाई रोकेर कृषकको हितमा सरकार लाग्नुपर्ने उनीहरूको भनाइ छ।
“सरकारले ध्यान नदिए आत्मनिर्भर पोल्ट्री व्यवसाय धरासायी हुन्छ”, उनले भने। निजी क्षेत्रको अण्डा उत्पादनका लागि मात्र पोल्ट्री व्यवसायमा एक खर्बभन्दा बढी लगानी छ। यसको आधाभन्दा बढी बैंकको ऋण भएको व्यवसायी बताउँछन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
