काठमाडौँ उपत्यकाको पूर्वी भेगस्थित शालिनदीमा पुस शुक्ल पूर्णिमादेखि शुरू भएको माधवनारायण व्रत पनि अश्वमेध यज्ञ गरी समापन गरिने भएको छ।
काठमाडौँ– माघ शुक्ल पूर्णिमाका दिन बुधबार एक महिना लामो स्वस्थानी व्रत समापन गरिँदै छ। पुस शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घर–घरमा शुरू गरेको एक महिने स्वस्थानी व्रत समापन गर्न लागिएको हो।
सोही दिनदेखि शुरू गरिएको स्कन्द पुराणअन्तर्गतको केदारखण्डको माघ माहात्म्यमा कुमार र अगस्त्यबीच भएको संवादलाई स्वस्थानी कथाका रूपमा भन्ने र सुन्ने काम पनि समापन हुँदैछ।
एक महिने व्रत गरेका व्रतालुले माघ शुक्ल पूर्णिमाका दिन बुधबार १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ फूल, १०८ रोटी, १०८ अक्षता विभिन्न थरीका फलफूल, धूप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, वस्त्र, भेटी चढाई व्रतको कामना पूर्ण होस् भनी भगवतीलाई अर्घ्य दिइन्छ।
१०० रोटी व्रतालुले फलाहार गरी रातमा जाग्राम बसिन्छ। जाग्रामका समयमा देवीको माहात्म्य सुन्ने सुनाउने गरिन्छ। यसो गरेमा व्रतालुको मनोकांक्षा पूरा हुन्छ भन्ने धार्मिक विश्वास छ। स्वस्थानीको शाब्दिक अर्थ आफू बसेको स्थानको देवी भन्ने बुझिन्छ। आफू बसेकी स्थानकी देवीको पूजा गर्नु नै स्वस्थानी पूजा हो। उत्तरायणपछिको समय ध्यान, योग साधनाका लागि उपयुक्त भएकाले स्वस्थान अर्थात् आफ्नो आत्मामा सम्पर्कको अभ्यास गर्नुलाई स्वस्थानी भनिएको विश्वास पनि छ। यसका लागि पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको समय राम्रो मानिन्छ।
मध्याह्न कालपछि विधिपूर्वक पूजा लगाई व्रत समापन गरी रात्रिमा जागराम बसी बिहीबार बिहान फूलपाती नदीमा सेलाएपछि यो वर्षको स्वस्थानी व्रत समापन हुने नेपाल पञ्चांग निर्णायक विकास समितिका सदस्य प्राडा देवमणि भट्टराईले बताए।
काठमाडौँ उपत्यकाको पूर्वी भेगस्थित शालिनदीमा पुस शुक्ल पूर्णिमादेखि शुरू भएको माधवनारायण व्रत पनि अश्वमेध यज्ञ गरी समापन गरिने भएको छ। यहाँ करिब २०० महिला पुरुषले एक महिना लामो माधवनारायणको कठोर व्रत गरेका छन्। यस दिनलाई नेवार समुदायले भने सि पुन्हिका रूपमा मनाउँछन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
