ललितपुर महानगरको स्थापना दिवसमा आयोजित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले यहाँका मौलिक कला, संस्कृति र प्राचीन सम्पदाहरू नेपाललाई विश्वमा चिनाउने धरोहर र वैभव रहेका बताएका छन्।
काठमाडौं– प्रधानमन्त्री देउवाले ललितपुर महानगरपालिकालाई ‘स्मार्ट’ सांस्कृतिक शहर बनाउनुपर्ने बताएका छन्।
शनिबार महानगरको १०४औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा देउवाले ललितपुर उपत्यकाको पुरानो र मौलिकता बोकेको सहर भएको बताए। ललितपुर महानगरपालिकाले नमूना महानगरका रूपमा आफूलाई अघि बढाएको देउवाको भनाइ थियो।
“यहाँका मौलिक कला, संस्कृति र प्राचीन सम्पदाहरू नेपाललाई विश्वमा चिनाउने महत्वपूर्ण धरोहर र वैभव हुन्”, प्रधानमन्त्री देउवाले भने, “यसको संरक्षण र सम्वद्र्धन गर्दै महानगरलाई मुलुककै सम्पदा र संस्कृतिको केन्द्रका रूपमा विकास गर्न जनप्रतिनिधि र स्थानीयले हातेमालो गर्दै अघि बढ्न आवश्यक छ।”
नेपालको संविधानले स्थानीय तहलाई विकास निर्माण र सेवाको आधार स्तम्भका रूपमा महत्वपूर्ण अधिकार र जिम्मेवारी प्रदान गरेका प्रधानमन्त्री देउवाको भनाइ थियो। “नागरिकको नजिकको सरकार भएकाले स्थानीय सरकारको काम जनमुखी, पारदर्शी र परिणाममुखी हुनुपर्छ”, उनले भने।
‘ललितपुर महानगर गौरव पुरस्कार’ प्रदान
स्थापना दिवसका अवसरमा महानगरपालिकाले ‘ललितपुर महानगर गौरव पुरस्कार’ प्रदान गरेको छ। प्रधानमन्त्री देउवाले वरिष्ठ धातु मूर्तिकार राजकुमार शाक्य, वरिष्ठ साहित्यकार छत्रबहादुर कायस्थ, प्राज्ञ कालु कुमाले र ललितपुर महानगरका पूर्वप्रमुख बुद्धिराज बज्राचार्यलाई सो पुरस्कार प्रदान गरे।
महानगरभित्रको कला, साहित्य र संस्कृतिका क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै जनही एक लाख नगदसहित सम्मान गरिएको महानगरका मेयर चिरिबाबु महर्जनले बताए। सो अवसरमा महानगरभित्र उत्कृष्ट करदाताको सम्मान संस्थातर्फ जेम्स स्कुल र व्यक्तितर्फ टाँसी तेन्जिङलाई प्रदान गरिएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
