महासचिव देवप्रसाद गुरुङले राजनीतिक पृष्ठभूमिभन्दा बाहिर गएर राष्ट्रपति बनाउनु राष्ट्रिय आत्मसमर्पणवादी चिन्तन हुने बताएका छन्।
काठमाडौँ– सत्तारूढ दल नेकपा माओवादी केन्द्रले राजनीतिक पृष्ठभूमिबाहिरको व्यक्तिलाई राष्ट्रपति बनाउन नहुने बताएको छ। माओवादी केन्द्रले देशमा आर्थिक तथा वैदेशिक हस्तक्षेप चुलिएको बेला राजनीतिक पृष्ठभूमिबाहिरका व्यक्तिलाई राष्ट्रपति बनाउने विषय सोच्न पनि नसकिने बताएको हो।
माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले राजनीतिक पृष्ठभूमिभन्दा बाहिर गएर राष्ट्रपति बनाउनु राष्ट्रिय आत्मसमर्पणवादी चिन्तन हुने बताएका हुन्। संवाद डबलीले शुक्रबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै महासचिव गुरुङले गैरराजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाउने कुरा अहिलेको राजनीतिक प्रणाली अनुकूलको दृष्टिकोण नभएकाले मान्य नहुने तर्क गरे।
"राजनीतिक पृष्ठभूमिभन्दा बाहिरका 'न्युट्रल'को नाममा ल्याउने कुरा जुन ढंगले सोच सुनिएको छ, यथार्थ हो भने यो प्रणालीबाटै विचलित भएको सोच हो। यदि, यही हो भने बहुदलीय प्रणाली किन? किन दलीय प्रतिस्पर्धा, किन त्यत्रो निर्वाचनको अभ्यास गर्नुपर्ने?" उनले भने। उनले राजनीतिक दलभन्दा बाहिर गएर राष्ट्रपति बनाउने कुरा आफ्नो दल र सत्तारूढ पाँच दलभित्र कहीँकतै नउठेको सुनाए।
महासचिव गुरुङले अब बन्ने सरकारको नेतृत्वमा आफ्नो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को दाबी रहेको बताए। तर, संसद्मा कुनै पनि दलको बहुमत नभएकाले दलबीचको सम्झौताबाट नै सरकारको नेतृत्व चयन हुने अवस्था मुलुकमा विद्यमान रहेको उनले बताए।
महासचिव गुरुङले माओवादी विचारले मुलुकलाई नेतृत्व गरेको र त्यसको नेता हुनुको नाताले पार्टी अध्यक्ष दाहालको नेतृत्वमा सरकार हुनु स्वाभाविक हुने जिकिरसमेत गरे। उनले सरकारको नेतृत्व, मुलुकको नेतृत्व मुलुकलाई स्वाधीन ढंगले अघि बढाउने गरी खोज्नुपर्ने आवश्यकतासमेत औँल्याए।
महासचिव गुरुङले मुलुकसामु चुनौती रहेकाले त्यसको सामना हुने गरी अघि बढ्न सबै दलहरूले सहकार्य गरेर अघि बढ्नु पर्ने अवस्था रहेको पनि बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
