मलेसियाको सेलाङ्गोर राज्यमा गएको पहिरोमा परी १६ जनाको मृत्यु भएको छ भने १७ जना बेपत्ता भएका छन्। ७० जनाको उद्धार गरिएको अग्नि तथा उद्धार विभागले जनाएको छ।
मलेसियाको सेलाङ्गोर राज्यमा शुक्रबार बिहान गएको पहिरोमा परी १६ जनाको मृत्यु भएको छ भने १७ जना बेपत्ता भएको मलेसियाको अग्नि तथा उद्धार विभागले जनाएको छ।
पहिरोमा बालबालिकासहित ९० जनाभन्दा बढी पुरिएका थिए। तीमध्ये ६० जनाको उद्धार गरिएको थियो। घाइते भएकाहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको बीबीसीले उल्लेख गरेको छ।
राजधानी क्वालालम्पुरबाट ५० किलोमिटर उत्तरतर्फको बताङ काली अर्ग्यानिक फार्मको क्याम्पमा सुतिरहेका मानिसमाथि शुक्रबार बिहान ३ बजेतिर पहिरो खसेको थियो।
क्यापिङका लागि उक्त क्षेत्रमा गएकी ते लिन सुआनले भनिन्, “आमा-छोरी पहिरोबाट जोगियौँ तर मैले एउटा भाइ गुमाएँ र अर्को भाइलाई घाइते अवस्थामा अस्पताल लगिएको छ।”

सो क्षेत्रमा पहिरोले पुरिएका मानिसहरूको खोजी र उद्धार जारी छ। उद्धारका लागि विभिन्न संघ-संस्थाका ४०० जना उद्धारकर्ता तथा स्वयंसेवी परिचालन गरिएको छ।
शुक्रबारको उक्त घटनापछि मलेसियाका प्रधानमन्त्री अनबर इब्राहिमले मृतकलाई समवेदना र घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्। उनीसँगै सरकारका विभिन्न मन्त्रीहरू अवलोकनका लागि घटनास्थल पुगेका थिए।
हल्का वर्षा भएको सो क्षेत्रमा के कारणले यति ठूलो पहिरो खस्यो भन्ने खुलिसकेको छैन। सो क्षेत्रमा सामान्य वर्षा भएको तर भूकम्पमा नगएको बताइएका छन्। स्थानीय प्रशासनले एक सूचना जारी गर्दै त्यस क्षेत्रका सबै खोला किनार र जोखिमयुक्त क्षेत्रमा राखिएका क्याम्पलाई सात दिनभित्र सुरक्षित स्थानमा सार्न भनेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
