भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्म मुलुकको व्यापार घाटा ९ खर्ब ५३ अर्ब ५८ करोड पुगेको छ।
काठमाडौँ- पछिल्ला महिनामा निरन्तर आयातमा गिरावट आउँदा मुलुकको व्यापार घाटामा भने सुधार देखिएको छ।
चालु आर्थिक वर्षको ८ महिनामा (साउन–फागुन) सम्म मुलुकको व्यापार घाटा ९ खर्ब ५३ अर्ब ५८ करोड पुगेको भन्सार विभागको तथ्यांक छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १७.८६ प्रतिशतले बढी हो।
गत वर्ष फागुनसम्म व्यापार घाटा ११ खर्ब ६० अर्ब ९८ करोड रुपैयाँ थियो। चालु आर्थिक वर्षको शुरूआत देखि नै आयात र निर्यात दुवैमा गिरावट आउँदा भन्सार राजश्व प्रभावित हुँदै आएको छ।
८ महिनाको अवधिमा भारतलगायतका मुलुकभित्र १० खर्ब ५८ अर्ब ३८ करोड रुपैयाँ बराबरको वस्तु तथा सामाग्री आयात भएको छ । जुन अघिल्लो वर्ष सोही अवधिको तुलनामा १९.१३ प्रतिशतले कम हो।
भन्सार विभागका अनुसार फागुनमा मात्र १ खर्ब ३९ अर्ब २२ करोड रुपैयाँ आयात भएको छ। गत माघको तुलनामा भने बढी हो। अघिल्लो महिना १ खर्ब २६ अर्ब रुपैयाँको आयात भएको थियो।
सरकारले विलासिताका केही वस्तुमा लगाएको प्रतिबन्ध गत पुस १ गतेबाट लागू हुनेगरी खुलाएको थियो । यस्तै आयात प्रतीतपत्र (एलसी) खोल्दा नगद मार्जिन राख्नुपर्ने प्रावधान पनि माघ ५ गतेबाट हटाएको थियो । सोही कारण फागुनमा भने आयात बढेको देखिएको छ ।
निर्यात १ खर्ब कट्यो
चालु आर्थिक वर्षको ८ औ महिनामा आइपुग्दा निर्यातको आकँडा १ खर्ब नाघेको छ।
विभागका अनुसार साउनदेखि फागुनसम्म नेपालले १ खर्ब ४ अर्ब ७९ करोड ६१ लाख रुपैयाँको सामाग्री निर्यात गरेको छ। यद्यपि यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा भने २९ प्रतिशतले कम हो।
गत वर्षको यहीको भन्दा ४२ अर्ब ९४ करोड ९८ लाख रुपैयाँले कम हो । नेपालको कुल वैदेशिक व्यापारमध्ये आयातले करिब ९१ प्रतिशत हिस्सा आगेटेको छ भने निर्यातको हिस्सा ९ प्रतिशत छ ।
यी हुन् धेरै आयात वस्तु
८ महिनाको अवधिमा सबैभन्दा धेरै १ खर्ब ८१ अर्ब ८४ करोड रुपैयाँको इन्धन आयात भएको विभागको तथ्यांक छ। जसबाट सरकारले ६४ अर्ब ५४ करोड ७७ लाख राजश्व संकलन गरेको छ। यो अवधिमा ९८ अर्ब ९५ करोडको पेट्रोल, ४४ अर्ब १५ करोडको डिजेल र ३८ अर्ब ७२ करोडको एलपीजी ग्यास आयात भएको छ।
यस्तै ३८ अर्ब ४६ करोडको भटमासको कच्चा तेल र ३७ अर्ब ७१ करोडको फलाम, स्टिल मुलक भित्रिएको पनि विभागको तथ्यांक छ ।
धेरै निर्यात भएका वस्तु
८ महिनाको अवधिमामा १३ अर्बको पाम तेल निर्यात भएको छ। यस्तै दोस्रो प्रमुख निर्याजन्यवस्तुको सुचिमा भटमासको तेल छ। ८ महिनामा ८ अर्ब ३७ करोड २२ लाख रुपैयाँ बराबरको भट्मासको तेल नियात भएको विभागको तथ्यांक छ। यस्तै ७ अर्ब ३८ करोड २८ लाखको कार्पेट, ५ अर्ब ८६ करोड ४४ लाखको अलैचीं पनि निर्यात भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
