स्ववियु निर्वाचन : आज मनोनयनपत्र वितरण

त्रिभुवन विश्वविद्यालयमा आगामी चैत ५ गते हुने स्ववियु निर्वाचनका देशभरिका सबै क्याम्पसमा आज मनोनयनपत्र विवरण गर्ने कार्यक्रम छ।

काठमाडौँ- त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि आज उम्मेदवारलाई मनोनयनपत्र वितरण गरिँदै छ।

त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीका अनुसार बिहान ११ देखि दिउँसो २ बजेसम्म प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारका लागि मनोनयनपत्र वितरण गर्न लागिएको छ। उनले देशभरिका सबै क्याम्पसमा आज मनोनयनपत्र विवरण गरिने बताए। 

यस्तै, निर्वाचन कार्यतालिकाअनुसार विद्यार्थी संगठनले शनिबार बिहान ११ देखि दिउँसो २ बजेसम्म समानुपातिक तथा प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता गराउने छन्। निर्वाचन देशभरिका त्रिविका ६२ आंगिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा हुने तय भएको छ।