प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उपराष्ट्रपति निर्वाचनमा महिलाको उम्मेदवारी मात्र दर्ता गर्न निर्वाचन आधिकृतलाई निर्देशन दिइएको बताएका छन्।
काठमाडौँ- प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उपराष्ट्रपति निर्वाचनमा पुरुष उम्मेदवार हुन नपाउने बताएका छन्।
आयुक्त थपलियाले उपराष्ट्रपतिको निर्वाचनका लागि हुने उम्मेदवारको मनोनयनपत्र दर्ताका क्रममा पुरुष उम्मेदवारको उम्मेदवारी दर्ता नगर्न निर्वाचन अधिकृतलाई निर्देशन दिइएको बताए।
उपराष्ट्रपति उम्मेदवारको योग्यताबारे स्पष्ट पार्न शुक्रबार बसेको आयोगका पदाधिकारीको बैठकले उक्त निर्णय गरेको उनले बताए।
उनले भने, “उपराष्ट्रपतिको उम्मेदवार पुरुष हुन नपाउने तथा महिला हुँदा पनि खस आर्य नभएर अर्को हुनुपर्ने निर्णय भएको छ।”
आयोगका तर्फबाट निर्वाचन अधिकृतलाई दिइएको निर्देशनमा भने 'महिलाको मनोनयन मात्रै दर्ता गर्ने' उल्लेख छैन। निर्देशनमा मनोनयपत्र दर्ता गर्दा राष्ट्रपतिको पदमा निर्वाचित व्यक्तिको लिंग (पुरुष) वा समुदाय (खसआर्य) भन्दा फरक लिंग (महिला वा अन्य) वा फरक समुदाय (दलित, आदिवासी, जनजाति, मधेशी, थारू वा मुस्लिम) को व्यक्तिको मनोनयनपत्र मात्र दर्ता गर्ने बेहोरा उल्लेख गरिएको छ।
निर्देशनमा भनिएको छ, “आयोगले नेपालको संविधानको धारा ७० मा ‘यस संविधान बमोजिम राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन फरक फरक लिङ्ग वा समुदायको प्रतिनिधित्व हुने गरी गर्नु पर्नेछ भन्ने व्यवस्था रहेको साथै, राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन सम्बन्धी ऐन, २०७४ को दफा १६ को उपदफा (५) मा ‘यस दफा बमोजिम उपराष्ट्रपति पदको लागि उम्मेदवार मनोनयन गर्दा राष्ट्रपति पदमा निर्वाचित व्यक्ति जुन लिङ्ग वा समुदायको हो सो भन्दा फरक लिङ्ग वा समुदायको व्यक्तिलाई मनोनयन गर्नुपर्ने’ भन्ने व्यवस्था रहेकोले फागुन २५ गते सम्पन्न भएको राष्ट्रपतिको निर्वाचनमा खस आर्य समावेशी समूहका पुरुष व्यक्ति श्री रामचन्द्र पौडेल निर्वाचित हुनुभएको हुँदा उपराष्ट्रपति पदको मनोनयनपत्र दर्ता गर्दा राष्ट्रपतिको पदमा निर्वाचित व्यक्तिको लिङ्ग (पुरुष) वा समुदाय (खस आर्य) भन्दा फरक लिङ्ग (महिला वा अन्य) वा फरक समुदाय (दलित, आदिवासी जनजाति, मधेसी, थारु वा मुस्लिम) को व्यक्तिको मनोनयनपत्र मात्र दर्ता गर्ने बेहोरा उल्लेख गरिएको छ।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
