इन्टरनेट नचलेपछि अवरुद्ध यातायात व्यवस्था कार्यालय एकान्तकुनाको सेवा सुचारु

इन्टरनेट फाइबरमा आएको समस्याका कारण अवरुद्ध यातायात व्यवस्था कार्यालय एकान्तकुनाको सेवा पुनः सञ्चालनमा आएको छ।

काठमाडौँ- यातायात व्यवस्था कार्यलय, एकान्तकुनाको सेवा पुनः सञ्चालनमा आएको छ।

इन्टरनेट फाइबरमा आएको समस्याका कारण अवरुद्ध भएको सेवा पुनः सञ्चालनमा आएको कार्यालयका सूचना अधिकारी रमेश महर्जनले बताए। 

कार्यालयले आइतबार बिहान कार्यालय समय शुरू भएसँगै फाइबरमा आएको समस्याका कारण सेवा अवरुद्ध भएको सूचना प्रकाशित गरेको थियो।

महर्जनले लगभग ३ घण्टासम्म सेवा अवरुद्ध भएको र अहिले पूर्ववत् सञ्चालनमा आएको बताए।

फाइबरमा आएको समस्यासँगै स्मार्ट-कार्ड वितरण बाहेकका अन्य सेवा अवरुद्ध बनेका थिए।