अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसले युक्रेनसँगको युद्ध कहिले पनि जित्न नसक्ने दाबी गरेका छन्।
अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसले युक्रेनसँगको युद्ध कुनै पनि हालतमा नजित्ने दाबी गरेका छन्।
पोल्यान्डको भ्रमणमा रहेका राष्ट्रपति बाइडेनले मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेका रुसी राष्ट्रपति भ्लादिमीर पुटिनलाई जवाफ दिँदै रुसले युक्रेन युद्ध कहिल्यै नजित्ने दाबी गरेका हुन्।
युक्रेन द्वन्द्व जति खराब स्थितिमा पुगे पनि अमेरिका त्यसबाट विचलित नहुने र युक्रेनलाई अन्तिमसम्म साथ दिने बाइडेनको भनाइ थियो। “एक वर्षअघि किभ युद्धमा होमिँदा सारा विश्वले साथ दिएको थियो र म भर्खरै किभ भ्रमणबाट फर्किएकाले दाबी गर्न सक्छु किभ बलियो र गौरवपूर्ण छ। किभ अटल छ महत्वपूर्ण कुरा किभ स्वतन्त्र छ,” बाइडेनको भनाइ थियो।
राष्ट्रको नाममा सम्बोधनका बेला पुटिनले उत्तर एटलान्टिक सन्धि संगठन नेटोको आलोचना गरेकोप्रति जवाफ दिँदै बाइडेनले नेटो चट्टान जत्तिकै कडा रहेको बताए। यस्तै, पश्चिमा राष्ट्रविरुद्धको पुटिनको भनाइप्रति लक्षित गर्दै बाइडेनले रुसको आक्रोशलाई नंग्याउने पश्चिमा राष्ट्रको प्रजातन्त्र रहेको भन्दै त्यसको प्रशंसा समेत गरे। निरकुंश व्यक्तिले जानेको एउटै शब्द ‘हुँदैन’ भन्ने हो भन्दै बाइडेनले पुटिनको आलोचना गरेका थिए।
किभका मित्र राष्ट्र कहिल्यै नथाक्ने बताउँदै बाइडेनले युक्रेनलाई साथ दिने कुराबाट विचलित नहुने प्रतिबद्धता समेत जनाए।
यसैबीच, रुसका लागि अमेरिकी पूर्वराजदूत जोन सुलिभनले रुसी राष्ट्रपति भ्लादिमीर पुटिन युद्धअघि र अहिले पनि सम्झौता गर्ने पक्षमा नरहेका बताएका छन्। बीबीसीसँगको कुराकानीमा सुलिभनले युद्ध रोक्ने विषयमा रुसी अधिकारीसँग पनि कुराकानी गरेको तर सहमति नजुटेको बताए।
रुसी अधिकारीहरूले रुसमा सुरक्षाको प्रत्याभूतिको माग गरेपनि युक्रेनको बेवास्ता गर्दै आफ्नो अडानबाट कहिल्यै पनि विमुख नभएको बताए।
मंगलबार दुई वर्षयता पहिलोपटक राष्ट्रका नाममा सम्बोधन गर्दै पुटिनले पश्चिमाहरूले युद्धको शुरूआत गरेको र युक्रेनलाई अघि सारेर रुसलाई रणनीतिक रूपमा हराउन खोजेको आरोप लगाएका थिए।
युक्रेनका लागि नभएर रुसले आफ्नो अस्तित्वका लागि लडाइँ गरेको पुटिनले दोहोर्याएका थिए। यसै सन्दर्भमा सुलिभन भन्छन्, “नाजीवादको अन्त्य र युक्रेनलाई निःशस्त्रीकरण गर्ने क्रेमलिनले लिएको शुरूआती लक्ष्यमा कुनै फेरबदल भएको छैन। रुस अझै पनि किभको सरकार ढलाउन चाहन्छ र युक्रेनी जनतालाई नियन्त्रणमा राख्न चाहन्छ। यसरी नै रुसले सोभियत युनियन भंग भएपछि छुट्टिएका रुसी नागरिकलाई भेला गराउन चाहन्छ।”
“पुटिनले युक्रेनमा भोलोदिमीर जेलेन्स्कीले जस्तै प्रजातान्त्रिक रूपमा निर्वाचित सरकार ल्याउन सक्दैन। तर किभमा त्यस्तो सरकार रहँदासम्म पुटिन शान्त बस्न सक्दैनन्। किनकि उनले चाहेको जस्तो रुसी साम्राज्य निमार्णमा यसलाई उनी खतरा मान्छन्,” पूर्वराजदूत सुलिभनको भनाइ छ।
पुटिनलाई के कुराले युद्ध रोक्न प्रेरित गर्ला भन्ने प्रश्नमा सुलभान भन्छन्, “युद्ध जित्न नसक्नेमा उनी सहमत भइसके तर अझै पनि पुनः निश्चिन्त हुन चाहन्छन्। युद्धभूमिमा कस्तो तयारी चाहन्छन् थाह छैन तर अहिलेसम्म कुनै संकेत देखिएको छैन। दुरदृष्टि राखेर काम गर्ने पुटिन त्यसमा सफलता प्राप्त गर्न नहुँदासम्म हत्तपत्त आत्मसमर्पण गर्दैनन्,”
उनले भने, “पुटिनलाई युक्रेनी जनताले माफ गर्नेछैनन् र बिर्सनेछैनन्। यता, युक्रेनी राष्ट्रपति जेलेन्स्कीले युद्ध अन्त्य गर्न चाहे पनि, क्षेत्रीय सहुलियता खोज्ने वा आत्मसमर्पण गर्न चाहे पनि युक्रेनी जनताले त्यसो गर्न दिँदैनन्।”
राजनीतिक, सैद्धान्तिक र सैन्य गतिरोधकाबीच अमेरिकाले पनि लामो युद्धका लागि तयार रहनुपर्ने बीबीसीले लेखेको छ। -एजेन्सी
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
