सिरियाको दमासकसमा भएको हवाई आक्रमणमा परी सैनिक अधिकारीसहित ५ जनाको मृत्यु भएको छ।
सिरियाको दमासकसमा हवाई आक्रमण हुँदा एक सैनिकसहित पाँच जनाको मृत्यु भएको छ।
दमासकसको कफर सउसा क्षेत्रस्थित सुरक्षाकर्मी रहेको एक भवनमा आइतबार बिहान १२ बजेर २२ मिनेट जाँदा आक्रमण भएको हो।
कफर सउसा विशेष गरी वरिष्ठ अधिकारी र सुरक्षा संयन्त्र रहेको क्षेत्र हो। तर केही आवासीय भवनहरूमा सर्वसाधारण समेत बस्दै आएका छन्।
इजरायलले क्षेप्यास्त्र प्रहार गरी आक्रमण गराएको सिरियाली सेनाको दाबी छ। इजरायलले भने यसबारे प्रतिक्रिया दिएको छैन। इजरायलले बेलाबेला इस्लामिक लडाकु समूह हेजबुल्लाह र इरानसँगसम्बन्धित केही समूहलक्षित आक्रमण गराउँदै आएको तर ती आक्रमणबारे कमै प्रतिक्रिया दिने गरेको बीबीसीले लेखेको छ।
दमासकसस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा आक्रमण गरेको एक महिनापछि इजरायलले आक्रमण गरेको सिरियाली सेनाले जनाएको छ। त्यतिबेला दुई सैनिकसहित ४ व्यक्तिको ज्यान गएको बताइएको थियो।
टर्की र सिरिया सीमा क्षेत्रमा गएको विनाशकारी भूकम्पपछि पहिलो पटक आइतबार आक्रमण भएको बताइएको छ।
आइतबार भएको विस्फोटमा सर्वसाधारणसहित १५ व्यक्ति मारिएको लन्डनस्थित सिरियाली अब्जरभेटरी फर ह्युमन राइट्सलाई उद्धृत गर्दै बीबीसीले लेखेको छ।
सिरियाली राजधानीमा निकै शक्तिशाली विस्फोट भएको अब्जरभेटरीका प्रमुख रमी अब्देल रहमानले बताए।
सिरियाको विवादास्पद क्षेत्र गोलन हाइट्स्बाट इजरायलले क्षेप्यास्त्र आक्रमण गराएको सिरियाली रक्षा मन्त्रालयको दाबी छ।
गोलन हाइट्स् दमासकसदेखि दक्षिणपश्चिममा पर्ने एक अग्लो भूभाग हो जसलाई सन् १९८१ मा इजरायलले नियन्त्रणमा लिएको थियो। तर अन्तर्राष्ट्रिय जगत्ले यस भूमिलाई सिरियाकै क्षेत्र मान्दै आएको छ। तर इजरायलले यसलाई आफ्नो भूमि दाबी गर्दै आएको छ।
यसअघि इजरायलले इरान समर्थित लडाकु समूहका शिविरहरू लक्षित आक्रमण गराउने गरेको स्वीकार गरेको थियो। एक अर्काका नागरिक, संरचना र सम्पत्तिहरूमा आक्रमण गरे पनि त्यसको जिम्मेवारी नलिने शत्रु देशहरू सिरिया र इजरायल पछिल्लो समय ‘छायाँ युद्ध’ गरिरहेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
