नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक गौतमले नेपालको हवाई सेवालाई सुरक्षित बनाउन नियमनकारी निकायको दक्षता अभिवृद्धिमा जोड दिनुपर्ने बताए।
काठमाडौँ– विज्ञहरूले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ)ले निर्दिष्ट गरेका मापदण्डको पूर्ण पालना नहुँदा नेपालमा हवाई दुर्घटना बढेको औँल्याएका छन्।
नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक सञ्जीव गौतम, तत्कालीन हवाई विभागका महानिर्देशक वीरेन्द्रबहादुर देउजा, नेपाल एयरलाइन्सका पूर्वइन्जिनियर डाइरेक्टर अच्युतराज पहाडीले हवाई क्षेत्रलाई सुरक्षित बनाउन नियमनकारी निकायको दक्षता अभिवृद्धिमा जोड दिएका हुन्। उनीहरूले नेपालको हवाई क्षेत्रलाई सुरक्षित बनाउन दक्ष जनशक्तिको परिपूर्ति गर्नुपर्ने बताए।
संघीय संसद् राष्ट्रियसभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकमा बोल्दै नेपाल एयरलाइन्सका पूर्वइन्जिनियर डाइरेक्टर पहाडीले आईकाओले निर्दिष्ट गरेका मापदण्डको पूर्ण पालना गर्न सके नेपालको हवाई सेवा सुरक्षित हुने र दुर्घटना आफैँ न्यूनीकरण हुँदै जाने बताए। दक्ष जनशक्तिको व्यवस्थापनमा पनि नेपाल हवाई सेवा प्रदायक संस्थाले विशेष ध्यान दिनुपर्ने उनको भनाइ छ।
"र्आइकाओले गरेको गाइडलाइन्सको हामीले अक्षरशः पालना गरियो कि गरिएन त? सम्बन्धित निकायले दिएको निर्देशनअनुसार भयो कि भएन? त्यो इम्पोटेन्ट हो। त्यसको अनुगमन कडाइका साथ हुनुपर्दछ", उनले भने, "दक्ष म्यानपावर हायर गरेर काम गर्नु पर्यो। यसो गर्न सकियो भने भविष्यमा नेपालको हवाई उडानमा हुने दुर्घटना कम हुँदै जान्छ।"
नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक गौतमले नेपालको हवाई सेवालाई सुरक्षित बनाउन नियमनकारी निकायको दक्षता अभिवृद्धिमा जोड दिनुपर्ने बताए। उनले हवाई सेवा सुरक्षाका लागि संरचनागत सुधारका काममा पनि ध्यान दिन सरकारको ध्यानाकर्षण गराए।
"सकेसम्म हामीले के इन्स्योर गर्न आवश्यक छ भने नेपाली आकाश सुरक्षित छ भन्ने कुरा इन्स्योर गर्नका लागि कम्तिमा पनि स्ट्रक्चरल सुधारका कुराहरूमा तुरुन्तै ध्यान दिनु पर्दछ। जसले गर्दा नियमन अधिकारी अथवा मोर स्ट्रेन्थेन होस् मोर क्यापएबल होस्। जहाँबाट सेफ्टी इन्ह्यान्स गर्न सकियो", पूर्वमहानिर्देशक गौतमले भने।
नेपालको हवाई सेवालाई सुरक्षित र भरपर्दो बनाउन सेवा प्रदायक संस्थालाई व्यावसायिक ढंगले अघि बढाउनुपर्ने आवश्यकता रहेको तत्कालीन हवाई विभागका पूर्वमहानिर्देशक देउजाले औँल्याए। उनले हवाई दुर्घटनापछि बनेका समितिले दिएका प्रतिवदेनको सुझावका आधारमा अघि बढ्दा पनि नेपालमा हवाई दुर्घटनालाई न्यूनीकरण गर्दै लैजान सकिने स्पष्ट पारे।
"हवाई दुर्घटनाका रिपोर्टले दिएको सुझावलाई ध्यान दिएर लागू गर्नु पर्दछ। संस्थालाई राजनीतिक तथा प्रशासनिक हस्तक्षेपभन्दा पनि यसलाई व्यावसायिक ढंगले अघि बढाउन सक्नु पर्दछ। यसो भयो भने नेपालको हवाई उडान सुरक्षित छ", उनले भने।
पूर्वमहानिर्देशक देउजाले नेपालको हवाई सेवा सुरक्षित रहेको र यसलाई अझै भरपर्दो बनाउने काममा सम्बन्धित निकाय बढी जिम्मेवार हुनुपर्ने पनि बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
