विमान दुर्घटनाबारे तत्काल भ्रमण नहुने : प्राधिकरण

नेपालका लागि युरोपेली संघका राजदूत नोना डेप्रेज र प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले संयुक्त विज्ञप्तिमार्फत दुर्घटनाको स्थलगत मूल्यांकन भ्रमण तत्काल नहुने बताएका हुन्।

काठमाडौँ- पोखरामा गत आइतबार भएको यति एयरलाइन्सको विमान दुर्घटनाको स्थलगत मूल्यांकन भ्रमण तत्काल नहुने भएको छ। युरोपियन युनियन र नेपाल नागरिक उड्डयन प्राधिकरणले संयुक्त गर्ने विज्ञप्ति जारी गर्दै स्थलगत मूल्यांकनका लागि जाने योजना केही समयका लागि रोकिएको जानकारी दिएका छन्।

नेपालका लागि यरोपेली संघका राजदूत नोना डेप्रेज र प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले संयुक्त विज्ञप्तिमार्फत यस्तो बताएका हुन्।युरोपियन युनियनको एयर सेप्टी कमिटीले दुर्घटनाबारे मूल्याङ्कनका लागि स्थलगत भ्रमण गर्न भनेको थियो तर तत्काल नहुने बताइएको छ।

दुर्घटनापछिको अवस्थाको सामना गर्ने विषय प्राधिकरणको प्राथमिकता रहेकाले तत्काल सो भ्रमण नहुने विज्ञप्तिमा उल्लेख छ। यद्यपि, सो भ्रमणका तयारीका लागि आफ्ना सेवाहरूमा काम भने जारी रहने बताइएको छ। साथै, इयुले नेपालको उड्डयन सुरक्षा अवस्था सुधारका लागि प्राधिकरणलाई सहायताका गर्ने कार्यलाई भने निरन्तरता दिने समेत विज्ञप्तिमा उल्लेख छ।