एकीकृत समाजवादीको नीति निर्माणका लागि झलनाथ खनालको संयोजकत्वमा समिति गठन

एकीकृत समाजवादीले पार्टीको मूल नीति निर्माणका लागि १३ सदस्यीय दस्ताबेज मस्यौदा समिति गठन गरेको छ।

काठमाडौँ- नेकपा एकीकृत समाजवादीले पार्टीको सिद्धान्त, आर्थिक, राजनीतिक, सामाजिक, सांस्कृतिक नीति, कार्यक्रम र पार्टी निर्माणको मूल दिशाको दस्ताबेज मस्यौदा तयार गर्न समिति गठन गरेको छ। 

पार्टीका सम्मानित नेता झलनाथको संयोजकत्वमा १३ सदस्यीय समिति गठन गरिएको हो। पार्टी केन्द्रीय कार्यालयमा विभागका प्रमुख, उपप्रमुख, सचिव, फाँटका इन्चार्ज र जनसंगठनका अध्यक्ष र महासचिवको संयुक्त छलफलले समिति गठन गरेको हो। 

पार्टीको दस्ताबेज मस्यौदा समितिले कार्यक्रमको आयोजना गरेको हो । समिति सदस्यहरूमा केशव लाल श्रेष्ठ , बेदुराम भुसाल,  जगन्नाथ  खतिवडा , गङ्गालाल तुलाधर, प्रकाश ज्वाला, विजय पौडेल, राजेन्द्र राई, रामकुमारी झाँक्री, साबित्रा भुसाल र गणेश बिक रहेका छन्।