लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्रीहरूले बिहीबार शपथ लिने भएका छन्।
काठमाडौँ- लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्रीहरूले बिहीबार शपथ लिँदैछन्।
लुम्बिनीका मुख्यमन्त्री लीला गिरी, कर्णालीका मुख्यमन्त्री राजकुमार शर्मा तथा सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्र रावलले आज शपथ लिने भएका हुन्।
कर्णालीमा माओवादीसहित सत्तारूढ गठबन्धनको समर्थनमा नेकपा एमाले संसदीय दलका नेता लीला गिरी मुख्यमन्त्री नियुक्त भएका छन्। उनलाई प्रदेश प्रमुख अमिक शेरचनले दिउँसो १ बजे प्रदेश राजधानी राप्ती उपत्यकामा शपथ गराउने कार्यक्रम छ। उनले आजै सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने भएका छन्।
कर्णाली प्रदेशका मुख्यमन्त्री शर्मा नेकपा एमाले, राप्रपा, एकीकृत समाजवादीसहितको समर्थनमा मुख्यमन्त्री बनेका हुन्। उनले आजै दिउँसो ३ बजे प्रदेश प्रमुख तिलक परियारसँग पद तथा गोपनीयताको शपथ लिनेछन्।
सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री रावल माओवादी, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा हिजो मुख्यमन्त्रीमा नियुक्त भएका थिए। उनले पनि आजै दिउँसो ४ बजे प्रदेश प्रमुख देवराज जोशीसँग पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
