किताबको नाम ‘ल्हासाको खबर’ राखिएको छ। नेपाली भाषाका पाठक समक्ष पुग्न यस किताबले महत्त्वपूर्ण भूमिका खेल्ने बिष्टका सुपुत्र एवं पूर्वमन्त्री केशरबहादुर विष्टको विश्वास छ।
काठमाडौँ– समाजशास्त्री डोरबहादुर विष्टको चर्चित अंग्रेजी किताब ‘रिपोर्ट फ्रम ल्हासा’को नेपाली अनुवाद हुने भएको छ।
शुक्रबार काठमाडौँमा बिष्टको ९८औँ जन्मदिवस कार्यक्रममा किताबलाई नेपाली भाषामा प्रकाशन गर्न बुक हिल पब्लिकेसन र डोरबहादुर विष्ट फाउन्डेसनबीच सम्झौता भएको हो ।
अंग्रेजी भाषामा लिखित पुस्तकलाई पत्रकार विराट अनुपमले नेपालीमा अनुवाद गर्नेछन्। किताबको नाम ‘ल्हासाको खबर’ राखिएको छ। प्रकाशक संस्था बुक हिलका प्रतिनिधि भूपेन्द्र खड्काले किताब चैतसम्ममा बजारमा ल्याइसक्ने जानकारी दिए।
अनुवादक अनुपमले आफू डोरबहादुर विष्टबाट प्रभावित भएको हुँदा उनीसँग अनुवादकको रूपमा जोडिन पाउँदा खुशी लागेको बताए।
डोरबहादुर विष्टका सुपुत्र एवं पूर्वमन्त्री केशरबहादुर विष्टले बुवाका बारेमा विदेशका विश्वविद्यालयमा डिपार्टमेन्टकै नाम रहन गएको भन्दै समाजशास्त्र एवं मानवशास्त्र पढ्ने विद्यार्थीले किताब अनिवार्य पढ्नुपर्ने बताए।
उनले नेपाली भाषाका पाठक समक्ष पुग्न यस नेपाली भाषाको किताबले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
