संवैधानिक इजलासमा रहेका न्यायाधीश हरिप्रसाद फुयालले उक्त मुद्दा आफूले हेर्न नमिल्ने भनेर घोषणा गरेपछि आजका लागि तोकिएको सुनुवाइ हुन नसकेको हो।
काठमाडौँ– विभिन्न संवैधानिक निकायका ५२ जना पदाधिकारी नियुक्तिसँग सम्बन्धी मुद्दामा आज पनि सुनुवाइ हुन सकेन। संवैधानिक इजलासमा रहेका न्यायाधीश हरिप्रसाद फुयालले उक्त मुद्दा हेर्न नमिल्ने भएपछि आजका लागि तोकिएको सुनुवाइ हुन नसकेको हो।
यसअघि पुस १७ मा नै रिट निवेदक कानून व्यवसायीले न्यायाधीश फुयालले मुद्दा हेर्न मिल्ने/नमिल्ने निर्णय दिन इजलाससमक्ष आग्रह गरेका थिए। त्यतिबेला न्यायाधीश फुयालले कुनै निर्णय दिएनन्। आजका लागि गठन भएको संवैधानिक इजलासमा फुयाल पनि रहेका थिए। तर, उनले यो मुद्दा आफूले हेर्न नमिल्ने भनेर घोषणा गरेपछि आजका लागि तोकिएको सुनुवाइ हुन नसकेको हो।
संवैधानिक इजलासमा रहने अर्का न्यायाधीश कुमार रेग्मीले यसअघि नै मुद्दा हेर्न नमिल्ने भनेपछि उनी पछिल्लो पटक ती मुद्दाको सुनुवाइका लागि गठन भएको इजलासमा सहभागी छैनन्। अब फुयालले पनि मुद्दा हेर्न नमिल्ने भएपछि प्रधानन्यायाधीशले न्यायाधीशद्वय रेग्मी र फुयालको ठाउँमा अन्य न्यायाधीशलाई राखेर इजलास गठन गर्नुपर्ने छ।
सर्वोच्च अदालतमा चार वर्षदेखि मुद्दा विचाराधीन अवस्थामा छ। संवैधानिक निकायमा नियुक्त पदाधिकारीको कार्यकाल सकिने समय नजिकिदै गए पनि सर्वोच्चले उक्त मुद्दा छिन्न सकेको छैन। मुद्दा सुनुवाइका लागि अर्को पेसी माघ ३० गतेका लागि तोकिएको छ।
यो पनि: संवैधानिक निकायका ५२ पदाधिकारीको मुद्दा: प्रधानन्यायाधीशको ‘मुड’बाट आशावादी कानून व्यवसायी
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
